Video

अनमोल र जसिता जोडी बाधिने पक्का-पुरा विवरण सहित

लिलीबिली गर्ल जसिता गुरुङ र युवास्टार अनमोल केसीको नयाँ चलचित्रमा जोडश्र बाधिने पक्का भएको छ । चलचित्र लभ स्टेसन गरेर फुर्सदमा रहेकी जसिता गुरुङको जोडी अभिनेता प्रदिप खड्का सँग खुब रुचाइएको थियो । चलचित्र एन्टी हिरो मा अभिनेता अनमोल केसीको जोडी अभिनेत्री जसिता गुरुङसँग बाँधिने निश्चित भएको छ । गएको केही महिना अगाडि नै यो चलचित्रमा जसिता हुने खबर बाहिरिएको थियो ।

तर, यो कुरालाई निर्माण टिमले अफवाह बताउँदै आएको थियो । चलचित्रका निर्माता भुवन केसी र अभिनेत्री जसिता गुरुङबीच कागजी सम्झौता भएको छ । लिलिबिली बाट अभिनय करिअर सुरुवात गरेकी अभिनेत्री जसिताको पछिल्लो रिलिज चलचित्र लभ स्टेशन हो । यो चलचित्र बक्सअफिसमा असफल भएपछि निराश भएकी उनले निर्देशक रेनशा वान्तवा राईको आई एम ट्वान्टिवान साइन गरेर बसेको धेरै समय भैसकेको छ । तर, यो चलचित्रको छायांकन हुन सकेको छैन ।

यसमा उनको जोडी अभिनेता धिरज मगरसँग बाँधिदैछ । काजल फिल्मस्को ब्यानरमा निर्माण हुने एन्टी हिरो को छायांकन बैशाख १ गतेबाट सुरु हुने निर्माता भुवन केसीले जानकारी दिए । चलचित्रका लागि लिड अभिनेता र अभिनेत्रीको टुंगो लागे पनि निर्देशक भने फाइनल भएका छैनन् प्राप्त जानकारी अनुसार, चलचित्रलाई एक भारतीय निर्देशकले निर्देशन गर्नेछन् ।

केही दिनमा निर्देशकसँग पनि कागजी सम्झौता हुने बुझिएको छ । चलचित्रमा भुवन केसीले पनि अभिनय गर्दैछन् । चलचित्रमा उनी नकारात्मक भूमिकामा देखिने बताइएको छ ।एन्टी हिरो का लागि दाह्री समेत बनाएका थिए ।

Related Articles

Back to top button
Close