Video

कालिन्चोक भगवतीले जे माग्यो त्यहि पुर्याईदिने, कोहि खाली हात नहुने ! दनावको यसरी भयो सर्व*नाश (भिडियो)

कालिन्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । काठमाडौंबाट केही घण्टाको यात्रामै पुगिने कालिञ्चोक भगवती मन्दिरलाई नजिकको तीर्थ पनि भनिन्छ । धार्मिक मान्यता अनुसार कालिञ्चोक भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् । मागेको कुरा पुग्ने जनविश्वास पनि छ ।

कालिञ्चोक भगवती मन्दिर धार्मिक रुपले पनि प्रसिद्ध मानिन्छ । मनोरम दृश्य समेत अवलोकन गर्न पाइने यो मन्दिर परिसरबाट गौरीशंकर हिमाल आँखै अगाडि देखिन्छ । साथै लाङटाङ हिमश्रृंखलाको काखैमा उभिएको महसुस गर्न सकिन्छ यहाँबाट ।

कुरीबजार देखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिन्चोक भगवती स्थानमा सहजै पुग्न सकिन्छ । कालिन्चोक भगवती दोलखा जिल्लाको रमणीय एवम् धार्मिक हिसाबले महत्वपूर्ण स्थानका रुपमा परिचित छ ।

सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३ हजार ८ सय ४२ मिटरको उचाईमा छ । जनैपुर्णिमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ । यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो ।

कालिन्चोक मन्दिरमा दशैं, जनैपूणिर्मा, नववर्ष र चैतेदशैंमा खुट्टा टेक्ने ठाउँ समेत हुंदैन । यो मन्दिर समुद्र सतहबाट करिब ३८ सय ४२ मिटरको उचाइमा छ । कुरी बजार देखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती स्थानमा पुग्न सकिन्छ।

Related Articles

Back to top button
Close