Intresting

पर्समा यी ७ चिज भुलेरपनि नराख्नुहोस् दरिद्रता छाउँछ

मानिसले राम्रै पैसा कमाए पनि बचत नहुने, खर्च बढ्ने साझा समस्या हुन्छ । यस्तो हुनुमा ज्योतिष शास्त्रले केही धार्मिक कारण रहेको बताउँछ । शास्त्रअनुसार पर्समा पैसाबाहेक अनावश्यक कागजपत्र राख्नु हुँदैन । अधिकांश मानिसले पर्समा पैसाका अलाव अरु केही कागजात समेत राख्ने गरेका हुन्छन् ।

ज्योतिषशास्त्र अनुसार केही यस्ता चीजहरु छन्, जो पर्समा राख्नु हुँदैन । अन्यथा यसले धनको क्ष*ति मात्र होइन स्वास्थ्यमा समेत हानि पार्ने धार्मिक मान्यता राखिन्छ ।

के के कुरा पर्समा राख्नु हुँदैन ?
१. अनावश्यक कागजात
आफ्नो पर्समा कहिल्यै पनि अनावश्यक कागजात राख्नु हुँदैन । पुराना तथा च्या*तिएका कागजात पर्समा राख्दा सम्पत्ति आफू रहँदैन । देवी लक्ष्मीले यस्ता ब्यक्तिहरुलाई सम्पन्नता नदिने धार्मिक विश्वास गरिन्छ ।

२. पुराना बिल
आफूले खर्च गरेको वा रकम तिरेको बिललाई मानिसहरु पर्समा राख्ने गर्दछन् । तर कहिल्यै पनि पुराना बिलहरु पर्समा राख्नु हुदैन । यसले पर्समा धनको समस्या निम्त्याउने र धन आफुसंग नटिक्ने मान्यता छ ।

३. ब्लेड/च*क्कू धारिलो हति*यार
केही मानिस पर्समा ब्लेड, सानो च*क्कू वा धा*रीलो हतियार पनि राख्ने गर्दछन् । तर यस्ता वस्तु पर्समा हुदाँ सो व्यक्तिका लागी नकरात्मक ऊर्जा सञ्चार गराउने र अप*राधिक मान*सिकता बनाउन प्रेरक हुने गर्दछ । साथै कतिपय अवस्था यी वस्तु आफ्नै लागि पनि घा*तक र हा*निकारक हुन सक्छन् ।

४. मृ*त व्यक्तिको तस्वीर
केही मानिस सम्झना स्वरुप मृ*त आफन्त वा परिवारजनको तस्वीर पर्समा राख्ने गर्दछन् । तर, पर्समा कुनै पनि मृ*त व्यक्तिको तस्वीर राख्नु अशुभ मानिन्छ । यसले मानिसको आयुमा हानी गर्ने र मृ*त व्यक्तिको मात्र स्मृति बल्झाइरहने हुन्छ ।

५. उधारो तिर्ने सूची
खर्च व्यवस्थित बनाउन केहि मानिस किनमेल तथा लेनदेनको सूचीलाई पर्समा राख्ने गर्दछन् । किनमेल र लिन बाँकी रकमको सुचीले खासै असर नपारे पनि आफूले तिर्न बाँकी रकमको सूची भने पर्समा राख्नु हुँदैन । यसले व्यक्तिमा नक*रात्मकता उर्जा बनाउने र स्वयम्लाई कम*जोर दर्शाउने गर्दछ ।

६. देवी देवताको तस्वीर
धर्मकर्ममा आस्था राख्ने केही व्यक्तिहरु पर्समा देवी–देवताको तस्वीर राख्ने गर्दछन् । तर कहिल्यै पनि पर्समा देवीदेवताको तस्वीर राख्नु हुँदैन । पर्समा देवी देवताको तस्वीर राखी शौचालयसहित असुद्ध स्थानमा पनि भुलेर गइने हुँदा यसको प्रभाव व्यक्तिको जीवनमा समेत पर्ने गर्छ ।

७.च्यातिएका वा फाटेका नोट
कतिपय मानिस च्या*तिएको, डढेको वा का*टिएको नोटहरु पर्समा राख्ने गर्दछन् । तर यस्ता नोट पर्समा राख्ने मानिसलाई भाग्यले साथ नदिने धार्मिक मान्यता छ । यस्तो नोट पर्समा राख्नाले नकारात्मक उर्जा पैदा हुने र आर्थिक संकटको अवस्था आउने विश्वास गरिन्छ।

Related Articles

Back to top button
Close