News

आज देशका यी स्थानमा बर्षा र हिमपात

काठमाडौं – बिहिबार देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका आज देशको पूर्व र पश्चिम पहाड केहि स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ । स्थानीय वायुको प्रभावले देशका केहि स्थानमा बदली हुने सम्भावना रहेको जनाइएको छ ।

आज पुर्व र पश्चिमका उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । आज पुर्व र पश्चिमका केहि स्थान बाहेक अन्य स्थानमा भने मौसम सफा रहने मौसमविद्ले जनाएका छन् । आज काठमाडौं उपत्यकाको बिहानको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ ।

Related Articles

Back to top button
Close