News

सीधा कुरा कार्यक्रमको प्रभाव : मिटर ब्याजी श्रेष्ठ प्रहरी नियन्त्रणमा

रौतहट, २२ माघ । रौतहट प्रहरीले ठगी गरेको आरोपमा चन्द्रपुर निवासी चिना श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले श्रेष्ठलाई पक्राउ गरेर गौर लगेको छ ।अर्का आरोपित नम्रता लामा भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी जारी रहेको र चाँडै पक्राउ गर्ने एसपी खड्काले बताउनुभयो ।पीडितहरुको उजुरीको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको बताउँदै खड्काले फरार लामालाई पनि खोजी गरिहेको र चाँडै पक्राउ गर्ने जानकारी दिनुभयो । पक्राउ परेकी श्रेष्ठलाई मुलुकी अपराध संहिता २०७४ अन्र्तगत मुद्धा चलाएर अनुसन्धान गरिने खड्काले बताउनुभयो ।

‘श्रेष्ठ र लामाका कृयाकलापहरु सिधैँ ठगी अन्र्तगत देखिएको छ’ खड्काले भन्नुभयो, ‘ उनीहरुलाई त्यसकै आधारमा अनुसन्धान अगाडि बढाउँछौँ । ठगी गर्ने कोही पनि उम्कन पाउँदैनन् ।’ प्रहरीले उनीहरुको सम्पतिको श्रोत, उनीहरुले गरेका कागजातहरु, पीडितहरुको कुरा लगायतका पक्षहरुबाट छानविन गर्ने तयारी गरिरहेको बताइएको छ ।चन्द्रपुर निवासी चिना श्रेष्ठ, नम्रता लामाले महिलाहरुलाई पटक-पटक गरेर रकम सापटी दिने र सापटीको रकम दुई–चार लाख पुगेपछि दबाब दिएर धेरै रकमको कपाली कागज गराएको पीडितहरुले महिलाहरुको आरोप रहेको छ ।

आफूहरुले घरायसी कामको लागि समस्या परेको बेला चिना श्रेष्ठ, नम्रता लामासँग पैसा सापटी लिएर लिएको रकम तिरेपनि अहिले नतिरेको भन्दै जिल्ला अदालत रौतहट गौरमा विभिन्न व्यक्तिहरु विरुद्ध उनीहरुले मुद्धा हालेका छन् ।उनीहरुले डर, त्रास, दवाव अनि झुक्याएर परेर आफुले लिएको भन्दा बढी रकमको कपाली कागजमा सही गराएको अहिले आफूले लिएको भन्दा बढी रकम तिरिसक्दा पनि कागज बराबरको रकम समयमा नतिरेको भन्दै उनीहरुले विरुद्ध मुद्धा पीडितहरु बताउँछन् ।त्यति मात्र नभइ उनीहरुमाथि पीडितहरुलाई दवावमा पारेर खाली चेक लिने र सो चेकमा आफूखुसी रकम भरेर चेक वाउन्सको मुद्धा पनि दर्ता गर्ने गरेको आरोप पनि छ ।

पीडितहरु चन्द्रपुर–५ निवासी बोध कुमारी गिरी, चन्द्रपुर-४ की डिल्ली कुमारी कार्की, चन्द्रपुर ४ कै ६७ वर्षीया क्यान्सर पीडित सासु रेलिमाया बस्नेत, चन्द्रपुर–२ का मुक्ति चौधरी, चन्द्रपुर-६ निवासी गीता कुमारी राई र सोही ठाउँकी सीता कुश्वारको बारेमा न्यूज २४ को लोकप्रिय कार्यक्रम ‘सीधाकुरा जनतासँग’को २०७६ माघ २ गतेको कार्यक्रममा रिर्पोट बजेको थियो । सो रिर्पोट बजेपछि यस बारेमा स्थानीय प्रशासन एवम् प्रहरीले विशेष चासो देखाएको थियो ।

Related Articles

Back to top button
Close