NewsVideo

चौकीबाट श्रीमतीसंग फोनमा रोए पुण्य, बच्चाको ख्याल गर्नु सायद म फर्किन्न (भिडियो)

काठमाडौं । नेकपा माले हुँदै तत्कालीन एमालेमा प्रवेश गरेका युवा नेता पुन्य गाैतम ‘विश्वास’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको सदस्य भएको भोलिपल्टै हटाइए । सानैदेखि राजनीतिमा होमिएका त्यागी ब्यक्ति हुन् गौतम ।बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन् । बारम्बार षडयन्त्रको शिकार बन्दै आएको बताउने गौतम यसपटक झन् घोर षडयन्त्रको शिकार बन्नु परेको बताउँछन् ।

जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चिरपरिचित कवि, साहित्यकार एवं पत्रकार समेत हुन् । मदन भण्डारी बिर्साउने भाषणकला भएका उनले आफुमाथी बज्रपात भएपनि नआत्तिइ भोलिका दिनहरुमा पनि देश र जनताको पक्षमा काम गरिरहने बताएका छन् ।आफुलाई राजनीतिक विष्लेषक भन्दै युट्युवमा विभिन्न घटनामा आफ्नो धारणा राख्दै आएका पुष्य गौतम विरुद्ध उजुरी परेपछि महानगरीय अपराध महाशाखा टेकुमा उपस्थित भएका छन् । उनी विरुद्ध नेपाली सेनाका तत्कालिन जर्नेल हेम खत्रीले उजुरी दिएका हुन् । नेपाली सेनाका वर्खास्तमा परेका जर्नेल खत्रीले उनी विरुद्ध उजुरी दिएका कारण आफु टेकुमा उपस्थित भएको बताएका छन् । जर्नेल खत्री नक्कली सर्टिफिर्केट अभियोगमा वर्खास्तीमा परेका हुन् । खत्रीले आफु विरुद्ध पुण्यले मिडियावाजी गरेको भन्दै उजुरी दिएको बताइएको छ ।

खत्रीको ठाडो उजुरीका आधारमा प्रहरीले गौतमलाई बोलाएको जनाइएको छ । गौतमले आफु तत्कालिन जर्नेल विरुद्ध केही नबोलेको जनाएका छन् । तत्कालिन जर्नेल एक महिलासंग मेरो श्रीमती हुन् भनेर मिडियामा बोलेका थिए । गौतम ति महिलाका साथ प्रहरी कार्यालयमा पुगेका छन् । मिडियाले खुलाएको विषयमा उनले आफु पनि मिडियामै बोल्न सक्थे तर किन प्रहरीमा गए ।

ति महिलालाई तत्कालिन जर्नेलले श्रीमान श्रीमतीको नातामा एउटा घरमा बसेको महिलाले पनि दावी गरेकी छन् । आफुसंग त्यसको प्रमाण लिएर आएको महिलाले बताइन् । घरभेटीले पनि त्यसको बारेमा भन्न सक्ने । यो विषयमा सबै पक्षको ध्यानाकर्षण भएका कारण यो विषय राष्ट्रिय मुद्दा भइसकेको उनले दावी गरे ।

उनले आफु न्यायको पक्षमा उभिने भन्दै आइपरेका समस्यासंग जुध्ने बताए । ति तत्कालिन जर्नेल रातोपुल स्थित एउटा घरमा डेरा लिएर बसेको उनको दावी छ । आफुहरु १८ वर्ष सम्म संगै बसेको महिलाले बताएकी छन् । उनले १८ वर्षसंगै बसेर हिडेका श्रीमानले गौतम विरुद्ध किन उजुरी दिने ति महिलाले प्रति प्रश्न गरीन् ।

Related Articles

Back to top button
Close