Video

बिहे गरेको १० वर्ष पछि जात मिलेन भन्दै श्रीमान भागे: ‘तरुनी हुँदा सम्म सबै मिल्यो, छोरी जन्मिए पछि जात मिलेन’ (भिडियो हेर्नुस्)

काठमाडौं । दोलखाकी सजना नेपालीको दिन अहिले रोएर वितेको छ । विवाह गरेको १० वर्ष सम्म राम्रै चलेको उनको वैवाहिक जिवन अहिले तहस नहस भएको छ । जव सम्म उनले सन्तान जन्माएकी थिइनन् त्यतीञ्जेल उनीहरुको पारिवारीक जिवन राम्रै चलेको थियो जब उनको कोखमा सन्तान बस्यो त्यसपछि उनका श्रीमान अन्य महिलासंग नजिकिन थाले । उनलाई शंका गर्ने र यातना दिन थाले । विवाहको केही समय पछि उनले जातभातको कुरा निकालेर कुटपिट गर्ने गर्छन् । मेरो परिवारले तँलाई स्वीकार्दैनन् म तँ संग किन बस्ने भन्दै थर्काउँछन् ।

तीन वर्षकी छोरीले बाबा भन्छिन् । अलिकति चोट लाग्यो भने छोरीले बाबा भनेर रुन्छिन् त्यतीबेला उनको मुटु छियाछिया हुन्छ । ललितपुरको गोदावरीमा बस्ने सजना अहिले आफुलाई परेको समस्यामा परेपछि मिडियामा आएकी हुन् । अहिले चार महिना यता श्रीमानले छोडेर सम्पर्क विहिन भएपछि उनी बिचल्लीमा परेकी हुन् । १० वर्ष अघि विवाह गर्दा जातभातको कुरा गरेनन् तर अहिले जातभातको कुरा निकालेर तनाव दिने गरेको बताइन् । उनीहरुको सम्बन्ध भएको ७ वर्ष पछि ३ वर्ष अघि उनीहरुले औपचारीक रुपमा विवाह गरेका हुन् ।

उनीहरु सम्बन्धमा रहंदा पनि उनका प्रेमीले यातना भने दिन्थे । तर आफुले निकै माया गरेका कारण त्यस्तो गर्दा पनि उनले श्रीमानलाई छोड्न नसकेको बताइन् । धेरै पटक प्रहरीमा उजुरी दिएपछि पनि मिलमिलाप हुन्छ तर पनि उनले ब्यवहार भने परिवर्तन गर्दैनन् । उनका श्रीमान गाडी चलाउँथे । गाडीमा यात्राका क्रममा उनीहरुको चिनजान भएको थियो । सजनाको दाईको चिनजानकै मानिस थिए त्यसैले उनले पनि विश्वास गरिन् । प्रेममा रहँदा एक वर्ष सम्म त निकै माया गरे त्यसपछि भने उनले आफ्नो ब्यवहार परिवर्तन गरेको उनले बताइन् । उनका श्रीमान केटीको विषयमा मुद्दामा परेको पनि बताइन् । उनले त्यस बेला पनि श्रीमानलाई जेलवाट छुटाएको बताइन् ।

Related Articles

Back to top button
Close