Video

‘भ्यालेनटाइन्स डेमा आदित्य र नेहाले विवाह गर्दै, आदित्यले नेहालाई भने मेरो मुटुको एउटा टुक्रा

एजेन्सी-, ‘भ्यालेनटाइन्स डेमा आदित्य र नेहाको विवाह गर्ने भएका छन् । ‘१४ फेबुअरीमा आदित्य र नेहाले बिहे गर्ने भएका छन् ।सोनी टिभीले भिडियो जारी गर्दै ‘१४ फेबुअरीमा बिहे हुने बताएको छ । सोनीले एक भिडियो सेयर गरेको छ जसमा यी दुई रोमान्स गरिरहेको देख्न सकिन्छ ।जारी गरिएको एक भिडियोमा यी दुई ‘काटे नहीं कटते दिन ये रात’ बोलको गीतमा नाचिरहेका छन् ।

भिडियोको क्याप्सनमा लेखिएको छ, ‘१४ फेबुअरी – मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन् ।’इन्डियन आइडलको मञ्चमा आदित्य र नेहाको परिवार पनि पाहुनाको रुपमा उपस्थित भइसकेका छन् । दुबैको परिवार पनि विवाहको लागि राजी भइसकेको बताइएको छ । निकै समय अघिदेखि प्रेममा रहेका आदित्य नारायण र नेहा कक्कडको इन्डियन आइडल मा पन केमेस्ट्रीबारे पनि विशेष कुराकानी हुन्छ ।

भ्यालेन्टाइन्स डे स्पेशल एपिसोडमा नेहा रआदित्यले सात फेरो लिने बताइएको छ ।यसबाहेक नेहा कक्कड र आदित्य नारायणले पनि सोसल मिडियामा यसबारे जानकारी साझा गरेका छन् । आदित्य नि इन्स्टाग्राममा फोटो पोष्ट गर्दै लेखेका छन्, ‘मेरो मुटुको एउटा टुक्रा’ । केही समय देखी यो जोडीको प्रेम र बिहेको चर्चाले बलिउड गर्माएको छ ।

Related Articles

Back to top button
Close