News

राष्ट्रपति भण्डारीकी छोरी उषाकिरणलाई प्रधानमन्त्री ओलीले दिए यति ठुलाे पद, पार्टीभित्र खैलाबैला सुरू

काठमाडाैं । प्रधानमनत्री केपीशर्मा ओलीले राजनीतिमा सक्रिय नै नरहेकी राष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारीलाई अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा चयन गरेका छन । राजनीतिशास्त्रकी विद्यार्थी उषाकिरण यसअघि तत्कालिन एमाले सम्बद्ध महिला संघको विदेश विभागमा रहेर काम गरे पनि पूर्ण रुपमा राजनीतिमा थिइनन् । विद्या भण्डारी राष्ट्रपति भएपछि उनी मदन भण्डारी फाउण्डेशनको अध्यक्ष छिन् ।

पार्टीको भगिनी संगठनको केन्द्रीय समितिमा प्रतिनिधित्वसँगै नेकपामा मदन भण्डारी तथा विद्या भण्डारीको उत्तराधिकारीको औपचारिक प्रवेश भएको छ । उषाकिरणलाई अखिल नेपाल महिला संघमार्फत पार्टीको केन्द्रीय राजनीतिमा स्थापित गर्न खोजिएको नेकपा स्रोतले जनाएको छ । भण्डारीले पनि मंगलबार सपथग्रहण गरेकी छन् । मदन भण्डारीको परिवारबाट राजनीतिमा स्थापित हुन लागेकी उषाकिरण पहिलो सदस्य हुन् । उनकी काकी उर्लाबारी नगरपालिका मोरङको उपमेयर छिन् भने मदन भण्डारीका भाइ प्रेम भण्डारी २ दशकअघि एमाले हुँदै मालेको राजनीतिमा लागे पनि पछिल्लो समय उनी सक्रिय राजनीतिमा छैनन् ।

राष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरणलाई अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा चयन गरेसँगै नेकपाभित्र खैलाबैला सुरू भएकाे छ । पार्टीनिकट संगठनका केहि महिला नेतृहरूले असन्टुष्टी समेत जनाएकाे एक नेताले बताए । केहिले भने उषाकिरणले सक्रिय राजनीतिमा अाउन चाहेपछि स्थान दिइएकाे भन्दै समर्थन पनि गरेका छन् । नेकपाले गोमा देवकोटा इन्चार्ज र अमृता थापा संयोजक रहेको ४७५ सदस्यीय अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा पूर्वएमाले पक्षबाट ५५ प्रतिशत र पूर्व माओवादी पक्षबाट ४५ प्रतिशत प्रतिनिधित्व रहेको बताइएकाे छ ।

पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघको केन्द्रीय समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीओलीले नेकपाका महिलाहरुलाई समावेशीता होइन समानताको मुद्दा उठाउन आग्रह गरेका छन् । उनले महिलाका सबै माग पार्टीभित्रैबाट पूरा हुने बताए । ओलीले भने, ‘३३ प्रतिशत प्रतिनिधित्वको कुरा बाहिर गएर होइन पार्टीभित्रै छलफल गरेर पूरा हुन्छ । हामीले ३३ प्रतिशत समावेशी प्रतिधित्वको कुरा होइन समानताको कुरा गरेका छौं । कम्तीमा ५० प्रतिशत महिला नेतृत्वको कुरा गर्नुस् । तपाईहरुले समावेशी होइन समानताको मुद्दा उठाउनुस् सम्भव छ ।’

प्रधानमन्त्री ओलीले महिलालाई राष्ट्रपति र सभामुख बनाउने नेकपा एउटामात्रै पार्टी भएको भन्दै महिलाको समतामूलक प्रतिनिधित्व पार्टीले गराइरहेको बताए । महासचिव विष्णु पौडेलले ४७५ सदस्यीय महिला संघ केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई सपथग्रहण गराएका थिए । प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा नेकपालाई दुई तिहाइ ल्याउन कसैले नरोक्ने बताएका छन् ।

शपथ ग्रहण समारोहमा ओलीले सरकारले विकास निर्माणलाई गति दिएकाले अर्को निर्वाचनमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रोक्न नसक्ने बताए।सरकारले केही गरेन भनेर फैलाउन खोजिएको भ्रमले असर नपर्ने प्रधानमन्त्रीले उल्लेख गरे। ‘म खुलारुपमा भन्न चाहन्छु, अब नेकपाले दुई तिहाइ ल्यायो, ल्यायो। कसैले रोकेर रोकिँदैन। रोक्नका लागि तयारी गर्नुछ भने लागे हुन्छ,’ उनले भने।

ओलीले पार्टीभित्र सबै नेताहरुलाई एकता र एकमतका साथ मुलुकको समृद्धिको लक्ष्य लिएर बहुमत र को अल्पमतमा भन्नेतिर नलागी न्यायपूर्ण र समतामूलक समाज निर्माणमा लाग्न आग्रह गरे। पार्टीबाट सबै निर्णय एकता र सहमतिका साथ गरिएको उनले बताए। बहुमत र अल्पमतमा भन्ने खुद्रामसिना कुरामा पार्टीको ध्यान नरहेको ओलीको भनाइ छ। ओलीले नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरुपमा काम गर्न नसक्ने ठोकुवा गरे। नेकपाले नै संघर्ष गरेर हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता स्थापित गरेको उल्लेख गरे।

पार्टीका महिला नेता कार्यकर्तालाई आफ्नो संगठन नै बलशाली ठानेर यसैबाट परिवर्तन र रुपान्तरण सम्भव छ भनेर लाग्न जोड दिए।आफूले पछिल्लो समयमा नेतृत्व गरेको सरकारका राम्रा कामको केही झलक पार्टीको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठकमा प्रस्तुत गरेको उनले बताए। त्यसलाई अध्ययन गरी प्रचार गर्न महिला नेत्रीलाई ओलीले आग्रह गरे। छा’उपढी जस्ता कु’प्रथा अन्त्यका लागि मन मस्तिष्कदेखि लाग्नुपर्ने आग्रह गर्दै ओलीले वि’द्रोह र सं’घर्षलाई सही बाटोबाट रुपान्तरणमा ल्याउन आवश्यक रहेको पनि उनको भनाइ छ।

त्यसैगारी मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सारंगी साँझ भएको छ। मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा सांगीतिक साँझ भएको हो। राष्ट्रिय मिडियाका सम्पादकसँगको अन्तरक्रियापछि प्रधानमन्त्री केपी ओली सांगीतिक साँझमा सहभागी भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

‘यो सारंगी साँझ हो’, थापाले भने, ‘सम्पादकसँगको अन्तरक्रियापछि प्रधानमन्त्रीलगायत अन्य पूर्वप्रधानमन्त्री सांगीतिक साँझमा सहभागी हुनु भएको हो।’

थापाका अनुसार सांगीतिक साँझमा प्रधानमन्त्री ओलीले बजाएको बाँसुरीको धुनमा उपस्थित सबै चकित भएका थिए। ओलीले बाँसुरी बजाउँदा नेकपा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालले सारंगी बजाए। सारंगी साँझमा नेकपाका शीर्ष नेता र प्रतिष्ठित कलाकार सहभागी थिए।

Related Articles

Back to top button
Close