News

दुवै मृगौला फेल भएपछि कुशुमले भनिन् : म बाच्न चाहन्छु !

पर्वत, माघ २१ । मोदी गाउँपालिका वडा नं ४ साविक पर्वत क्याङ गाविस वडा नं ९ की कुसुम पुन मगरका दुवै मृर्गौला फेल भइसकेका छन ।कलिलो उमेरमै मृर्गौला फेल भएपछि उनको उपचार कसरी गर्ने भनेर परिवार निकै चिन्तत बनिरहेको छ । कुसुमलाई बाँच्ने चाहाना भएर पनि आर्थिक संकट परेको छ ।

उनका लागि मृर्गौला मिल्यो भने श्रीमान भिम बहादुर पुन मगरले मृर्गौला दिने भएका छन । उनको उपचारका लागि स्वदेश तथा विदेशमा रहनुभएका महानुभावहरुसँग आर्थिक सहयोगको अपेक्षा गरिएको छ ।

छोरी कुसुम पुन मगरको उपचारका लागि आर्थिक सहयोग गरिदिन उनकी आमा हरिमाया पुर्जा पुनले सबैसँग आग्रह गरेकी छिन् ।

Related Articles

Back to top button
Close