Video

प्रेम गीत ३’ को पहिलो गीत ‘हात्ती ढुंगामा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । चलचित्र ‘प्रेम गीत ३’को पहिलो गीत सार्वजनिक भएको छ । आज मङ्गलवार ‘हात्ती ढुङ्गामा’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो। चलचित्र ‘प्रेम गीत ३’ को यो पहिलो गीत हो ।उक्त गीतमा गायिका मेलिना राई र गायक सागर आलेको स्वर रहेको छ । गीतमा हर्कबहादुर साउदको शब्द रचना कल्याण सिंहको सङ्गीत रहेको छ । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

उक्त चलचित्रमा अभिनेता प्रदीप खड्का, क्रिष्टिना गुरुङ, अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, अनुभव रेग्मी, योगिशा खत्री, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा,संवृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायत कलाकारको पनि अभिनय छ । यही चैत २८ गते रिलिज हुने चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

विग बजेटमा निर्माण गरिएको गीत ठुलो क्यानभासमा खिचिएको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रले २ सय वर्ष पुरानो लभ स्टोरी पर्दामा उतार्ने प्रयास गरेको छ । ‘प्रेम गीत ३’ आषुशेन फिल्मसको ब्यानरमा बन्ने पाचौ फिल्म हो भने सुपरहिट फिल्म प्रेम गीत को तेस्रो सिरिज हो ।

Related Articles

Back to top button
Close