News

भर्खरै झापामा घट्यो दुखद घटना, खबर थाहा पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुग्यो !

काठमाडौँ । झापाको चारपानेमा एक पुरुषको श व फेला परेको छ । प्रहरीले उनको शव संकास्पद रहेको भन्दै अनुसन्धान सुरु गरेको छ । घटना प्रकृति हेर्दा ह त्या गरेको देखिएकाले प्रहरीले अनुसन्धान अघि बढाएको छ । परिचय खुल्न नसकेको पुरुष अन्दाजी ४० वर्षका देखिन्छन् ।

स्थानीयले मङ्लबार बिहान श व देखेपछि प्रहरीलाई खबर गरेका थिए । श वमा घाउ चोट देखिएका कारण प्रहरीले ह त्याको आशंका गरेको हो ।

ह’तियारले अनुहारमा प्र’हार गरेको र चो’ट धेरै भएका कारण मृ तकको पहिचान हुन सकेको छैन् । प्रहरीले घटनाको अनुसन्धान गर्दै उनको आफन्तको खोजि समेत गरिरहेको जनाएको छ ।

गोठमा आगलागी हुँदा महिलाको निधन

जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको निधन भएको छ । प्रेम ऐडीको एकतले गोठमा आगलागी हँुदा उनकी ४५ वर्षीया श्रीमती भेटेनी ऐडीको निधन भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो ।

आगलागीबाट एक गोरु र एक कुखुरासमेत ज लेर नष्ट भएको छ । गएराति १०ः३० बजे गोठमा आगलागी हुँदा ऐडी गोरु फुकाउन जाँदा नि’स्सा’सिएर निधन भएको प्रहरीले जनाएको छ । आगलागी भएको स्थलतर्फ प्रहरी निरीक्षकसहित सातजनाको टोली पठाइएको प्रहरी नायब उपरीक्षक धामीले बताउनुभयो । आगलागी हुनाका कारण र क्षतिको विवरणबारे मुचुल्का उठाउन प्रहरीको टोली जिल्लाबाट घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण

जुम्लाको हिमा गाउँपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई जाडोका लागि न्यानो ज्याकेट वितरण गरेको छ । यसपटक जुम्लामा अत्यधिक चिसो बढेकाले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई दृष्टिगत गर्दै न्यानो ज्याकेट वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताउनुभयो ।

आव २०७६÷७७ देखि ज्येष्ठ नागरिकलाई प्रोत्साहन भत्तास्वरूप मासिक रु एक हजार उपलब्ध गराउने पनि निर्णय भएको छ । पालिकाको वडा नं ५ मा एक घर एक खानेपानी धारा निर्माणसम्पन्न गरिसकेको र वडा नं ४ पनि यही योजना शुरु गर्न लागेको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताउनुभयो ।

गाउँपालिका प्रत्येक वडाहरुमा ग्रामीण सडकको ट्र्याक खोलेको पनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताउनुभयो । गाउँपालिकाले ज्येष्ठ नागरिकको सम्मान गर्दै स्वास्थ्यमा दृष्टिगत गर्दै न्यानो ज्याकेट दिएकामा स्थानीय सरकार ज्येष्ठ नागरिकप्रति सम्मान गरेकोे ज्येष्ठ नागरिक रामबहादुर शाहीले बताउनुभयो ।

Related Articles

Back to top button
Close