News

सल्यान, रोल्पा र कन्चनपुरमा नेकपा बिजयी हुँदा, उपनिर्वाचनमा काग्रेसको खाता खुलेन !

सल्यानको कुमाख गाउपालिका वडा नम्बर ५ मा कांग्रेसलाइ पराजित गर्दै नेकपाका धर्मे बुढाथोकी ज्वाला बिजयी भएका छन् । उनले ७९२ मत प्राप्त गरि बिजयी भएका हुन । कांग्रेसका खड्क बहादुर बोहराले २५१ मत ल्याएका थिए भने राप्रपाका गोपाल शाह -२१ मत प्राप्त गरेका थिए ।

कुमाख गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुख भएसँगै वडाअध्यक्ष पदरिक्त रहेको थियो । रिक्तपदमा नेकपाको तर्फबाट धर्मे बुढाथोकी ‘ज्वाला’ लाई उम्मेदवार नेकपाले बनाएको थियो ।

त्यस्तै कन्चनपुर को पुनर्वास नपा वडा न ३ मा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी भएका छन् उनले कांग्रेसका दीप बहादुर तामाङलाइ हराउँदै बिजयी भएका हुन ।

खसेको मतको कुल ५० प्रतिसत भन्दा बढी मत ल्याई बिजयी भएका हुन । नेकपाका कृष्ण बहादुर तामाङको ५२८ र कांग्रेसका दीप बहादुर तामाङको ३१० को अन्तर रहेको थियो । यस ओडामा ११९९ मतदाता रहेकोमा खसेको मत थियो तर सदर मत ९२० रहेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै थबाङमा गाउँपालिका–१को उपनिर्वाचनमा नेकपा विजयी भएको छ । नेकपाका वडाअध्यक्ष उम्मेदवार जनकबहादुर बुढा एक सय ७४ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् । २०९ मत खसेकोमा ९ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिए।

थवाङमा १६.४ प्रतिशत मात्र खसेको थिो । १ हजार २७४ मतदाता रहेको १ नम्बर वडामा २ सय ९ मात्र मत खसेको हो । १ सय १२ पुरुष र ९७ महिला मतदाताले मत दिए। पन्चायतदेखि कहिले शून्य मतदान हुने त कहिले शत प्रतिशत मतदान हुने यहाँ यसपटक न्यून मत खसेको हो।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको आस्थावान मतदाताले मतदानमा भाग नलिएपछि न्यून मतदान भएको छ। उनीहरुले मतदान नगर्न घर–घरमा भेटघाट गरेको बुझिएको छ। चुनावको दिन विप्लव नेतृत्वको नेकपाको आस्थावान नेता कार्यकर्ता मतदानस्थल वरिपरि आएका थिए।

यो पनि पढ्नुहोस : उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको आज भएको उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको छ ।

अत्यन्त शान्तिपूर्ण र व्यापक मतदाताको सहभागितामा सम्पन्न भएको उपनिर्वाचनमा दुई लाख ९७ हजार १३७ जनाले मतदान गरेको हँुदा सरदर ६५ दशमलव ४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ मतदाता रहेका थिए । आयोगका अनुसार, प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६५ प्रतिशत (४६,५७५ मत) प्रदेशसभा सदस्यको निर्वाचन भएको भक्तपुरमा ७० प्रतिशत (३१,६८२ मत), बागलुङमा ६१ प्रतिशत (२१,२९५ मत) र दाङमा ६७ प्रतिशत (४५,७१९ मत) मतदान भएको छ ।

स्थानीय तहका सदस्यतर्पm धरान उपमहानगरपालिकाको प्रमुखका लागि भएको मतदानमा ५९ प्रतिशत, फाल्गुनन्द गाउँपालिका, मकालु गाउँपालिका, पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको मतदानमा क्रमशः ६६, ६५, ६० प्रतिशत र खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानमा ८५ प्रतिशत मतदान भएको छ ।

उपनिर्वाचनमा सबैभन्दा धेरै रौतहट र हुम्लामा र सबैभन्दा कम रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ को वडाध्यक्षको लागि भएको मतदानमा १६ दशमलव ४ प्रतिशत मात्र मतदान भएको आयोगले आज साँझ पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

सुरक्षा अवस्था निकै सुदृढ रहेकाकारण केही सामान्य छिटफुट घटनाबाहेक मतदाताको व्यापक सहभागितामा उत्साह र अत्यन्त शान्तिपूर्ण वातावरणमा मतदान भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानारी दिनुभयो ।

यद्यपि, मतदान भइरहेको अवस्थामा कास्की, दाङ, सर्लाही, डोटीलगायत जिल्लामा मतदान केन्द्र नजिक सामान्य विस्फोटका छिटपुट घटना भएतापनि यसबाट मतदानमा कुनै नकारात्मक प्रभाव परेको थिएन ।

उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउनुहुने आम मतदाता, उम्मेदवार, राजनीतिक दल, सञ्चारकर्मी, पर्यवेक्षण संस्था, निकाय तथा व्यक्ति सबैलाई आयोगले पत्रकार सम्मेलनमार्फत धन्यवाद ज्ञापन गरेको छ ।

कतिपय मतदान केन्द्रमा बिहान सबेरैदेखि निकै अनुशासित र उत्साहका साथ मतदाता पङ्त्तिबद्ध भएर बस्नुभएको थियो भने चिसोका कारण केही मतदान केन्द्रमा भने दिउँसो मतदाताको घुइँचो लागेको थियो । मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्या उलेख्य रहेको देखिन्थ्यो ।

मुलुकका ३७ जिल्लाका २४७ मतदानस्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । प्रतिनिधिसभातर्पm २१, प्रदेशसभा सदस्यतर्पm ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

कास्की–२ मा प्रतिनिधिसभा, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन भएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष चयनका लागि यो निर्वाचन भएको हो । उपनिर्वाचनमार्फत ४३ वडाध्यक्ष पनि चुनिनु हुनेछ ।

यसैबीच, यसअघि भक्तपुर प्रदेशसभा सदस्य उपनिर्वाचनको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विभिन्न मतदानस्थलमा पुगेर अवलोकन गर्नुभएको थियो ।

त्यस्तै, आयुक्त नरेन्द्र दाहाल र सचिव देवकुमारी गुरागाईंले काठमाडौँको दक्षिणकाली नगरपालिका–३ को वडाध्यक्ष पदको उपनिर्वाचनको अवलोकन गर्नुभयो । उपनिर्वाचनको अवलोकनका लागि काठमाडौँस्थित अमेरिका, जापन, युरोपियन युनियन र अष्ट्रेलियाका राजदूत एवं प्रतिनिधि विभिन्न मतदान केन्द्रमा पुग्नुभएको थियो ।

“मतदान सकिएलगत्तै मतपेटीका सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पु¥याएर केही स्थानमा मतगणनाको लागि आवश्यक प्रक्रियासमेत शुरु भएको छ । खासगरी वडाध्यक्ष पदको मतगणनाको नतिजा आजै राति अबेरसम्म आइसक्ने आयोगले आकलन गरेको छ”, प्रमुख आयुक्त थपलियाले भन्नुभयो ।

खर्पनाथ गाउँपालिका बाहेक सबै मतपेटिका आजै राति ११ बजेसम्म मतगणनास्थलमा पु¥याइसक्ने व्यवस्था मिलाइएको छ । आगमी १२ घण्टाभित्र ५० प्रतिशतको नतिजा सार्वजनिक भइसक्ने अनुमान गरिएको छ ।–

Related Articles

Back to top button
Close