News

रंगशाला निर्माणलाई गायक प्रमोद खरेलले यति धेरै रकम सहयोग गर्ने

काठमाडौं २० माघ / सांगीतिक दुनियाँका एक बलियो खम्बा लोकप्रिय चर्चित गायक प्रमोद खरेलले जनस्तरबाट निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि आर्थिक सहयोग सहयोग गर्ने घोषणा गरेका छन् । १ बर्ष भित्रमा सांगीतिक कार्यक्रमबाट प्राप्त पारिश्रमिकको केही हिस्सा रंगशाला निर्माणलाई सहयोग गर्ने सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् ।

यस्तो छ गायक प्रमोद खरेलको फेसबुक स्टाटस् :हातेमालो रंगशाला निर्माण जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तराष्ट्रीय क्रिकेट रङ्गशाला निर्माण अभियान का लागी म मेरो तर्फ बाट सहयोगको घोषणा गर्दैछु । जो अन्तर्गत २०७६ माघ १७ देखि २०७७ माघ १७ ( अर्थात् १ वर्ष ) भित्र मैले गर्ने कुनै पनि सॉगितीक कार्यक्रम बाट लिने पारिश्रमिक मा हरेक कार्यक्रम बाट रु ५१११/- ( पॉच हज़ार एक सय एघार ) का दरले यो अभियान लाइ प्रदान गर्नेछु । थोपा थोपा मिले सागर अवश्य बन्नेछ।

धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाइमा चितवनको भरतपुरमा निर्माणाधीन रंगशालाको काम धमाधम भइरहेको छ । निर्माणका लागि आर्थिक सहयोग सँगै निर्माणमा लाग्ने सामानहरु सहयोग आइरहेको बेला धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले आफूले जती सकिन्छ र आफू सँग जे छ त्यहि दिल खोलेर सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

निर्माणाधीन रंगशालालाई केहिदिन अगाडि मात्र धादिङ गल्छी गाउपालिकाले सय टिपर बालुवा सहयोग गरेका थिए । धादिङबाट बालुवा लिएर चितवन पुगेका सय टिपरलाई बाजा गाजाले स्वागत गरेका थिए ।

Related Articles

Back to top button
Close