News

नयाँ लुगा लगाएर खान बनाउनु है आमा भनेर गएको छोरा फर्कें तर नबोल्ने गरि, बुढेसकालको सहारा कसैले खोसिदियो, आमाको आशु रोकिएन (भिडियो)

झापाको बिर्तामोडमा एउटा परिवार थियो जहाँ एउटि आमा अनि उनको २२ बर्षिय छोरा थिए । आफ्ना श्रीमानले पनि साथ छाडेपछि जिन्दगीको सहारा छोराको पनि ह त्या भएपछी दिनरात रुदै रात बिताइरहेकी छिन एक्लि आमा । बिर्तामोड ५ बाट केहि दिन अघि घुम्न भनेर निस्किएका २२ वर्षीय अभिषेक कटुवालको सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीमा ह त्या गरेर फ्यालेको अवस्थामा श व भेटिएको छ ।

शरीरमा लगाएका कुनै पनि कपडा नभएको र टाउको तथा अनुहार कु च्याएर चिन्नै नसक्ने बनाउँदै वि भत्स तरिकाले ह त्या गरेर पराल र माटोले पु रेको अवस्थामा उनको निर्बस्त्र श व फेला परेको हो । घटनास्थल विराटनरगर महानगरपालिका–४ भएर बग्ने केसलिया खोलाबाट पश्चिमतर्फ हो ।

प्रहरीका अनुसार मृ त्यु हुने अबिशेकको घर भारत भएको र बिर्तामोड मामा घर हो । बुवा भारतमै बस्दै आएका उनी आमासँगै मामा घरमा बस्थे ।
सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुसार प्रारम्भिक कुरा बुझ्ने क्रममा उनी माघ ९ गते घुम्न भन्दै मे १० प ८६७५ नम्बरको स्कुटर लिएर बिर्तामोडबाट हिँडेका थिए । तर घर नफर्किएपछि आमा तारा कटुवालले छोराको खोजीका लागि सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिइन् । उनले लिएर हिँडेको स्कुटर समेत फेला परेको छैन ।

श वको फोटो हेरेर आफन्तले चिनेका थिए । घटनास्थलबाट श वसँगै र गत लागेको एउटा इँटा र च्या तिएको गलबन्दी को टुक्रा बाहेक अरु केही पनि फेला नपरेको प्रहरीले जनाएको छ । एसपी पोखरेलले शरीरका केही भाग स ड्न थालेको अवस्थामा श व भेटिएका कारण घटना तीन÷चार दिन अघिनै भएको बताए । श व पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर ग म्भीर ढंगले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए ।

घटनाको कारण खुलिनसकेको र त्यसमा संलग्नको पनि पहिचान हुन बाँकी रहेको एसपी पोखरेलको भनाइ छ । झापाबाट हिँडेका उनी कसरी त्यहाँ पुगे भन्ने नै खुलिसकेको छैन । अति नै व्यस्त रहने सडक छेउमै श व भेटिएका कारण घटना दिउँसो नभई राति गराइएको हुनु पर्छ, एसपी पोखरेलले भने, ‘श वको अवस्था हेर्दा घटनामा एक भन्दा बढी व्यक्तिको संलग्नता छ भन्ने देखिन्छ ।’ सुपर अनलाइन टिभी टिम आज झापा बिर्तामोडमा काजकिरिया गर्दै बसेकी आमा भएको ठाउँमा पुगेको छ ।

आमाको अवस्था एकदमै नाजुक रहेको छ । श्रीमानले छाडेपछि आफ्नो जिन्दगी नै छोरा सम्झेर सानैदेखि दु:खले हुर्काएको काखको छोराको हत्या भएपछी पानी अनि खाना पनि नखाएकी आमाले रुदै यस्तोसम्म सुनाइन ।

Related Articles

Back to top button
Close