News

बिराज भट्टलाई चो’रीको आ’रोप, प्रहरीमा पर्‍यो उ’जुरी

काठमाडौं १९ माघ / एकदशक नेपाली चलचित्रमा राज गरेका स्टार अभिनेता बिराज भट्ट लामो समय समयपछि नेपाली चलचित्रमा निर्माता निर्देशक र नायक बनेर फर्किएका हुन् । बिराज भट्टको चलचित्र “साङ्लो” यहि माघ २४ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको बेला गीत चोरीको आ’रोप लागेको छ ।

चलचित्रमा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै…’ बोलको गीतको शब्द चो’रिएको भन्दै प्रहरीमा उ’जुरी परेको छ । निर्देशक सुदीप भुपाल सिंहले महानगरीय प्र,हरी परिसर, टेकुमा उजु’री दिएका हुन् ।

उनले शुक्रवार संंगीतकार सुरेश अधिकारी, गायक निशान भट्टराई र चलचित्र निर्माण कम्पनी विराज भट्ट प्रोडक्सनको वि’रुद्ध उ’जुरी दिएको प्रहरी परिसर टेकुले जानकारी दिएको छ । प्रहरीले आइतबार दुबै पक्षलाई छलफलका लागि बोलाउने बताइएको छ

चलचित्रमा बिराज भट्ट र मिस नेपाल निकिता चण्डकको मुख्य भुमिका रहेको छ । चलचित्रको ट्रेलर र गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । केही बर्ष भोजपुरी सिनेमामा रमाएका बिराज भट्ट फेरि नेपाली दर्शकमाझ फर्किएका कारण पनि साङ्लोलाई दर्शकले राम्रो नजरले हेरेका छन् ।

Related Articles

Back to top button
Close