News

एमसीसी लागू भएको देशबाट बाहिरियो होस उडाउने तथ्याङ्क, नेपालमा के होला ?

एजेन्सी। अफगानिस्तानमा रहेको अमेरिकी सेनाले सन् २०१९ मा मात्र करिब साढे सात हजार ब म खसालेको प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी सैन्य फोर्सका अनुसार सन् २०१९ मा खसालिएका बम बराबर विगत १० वर्षसम्म अफगानिस्तानमा खसालिएका ब महरुमध्येको उच्च रेकर्ड हो ।

अमेरिकी सैन्य फोर्सको केन्द्रीय कमान्डरले सोमबार जारी गरेको प्रतिवेदनअनुसार अमेरिकाले अफगानिस्तानमा सन् २०१९ मा सात हजार ४ सय २३ ब म खसालेको छ । सन् २०१८ मा सात हजार ३ सय ६२ वटा ब म वि स्फो ट गराइएको थियो ।

उक्त तथ्यांकले एक ब मबारीको नाटकीय आँकडा प्रस्तुत गर्छ । पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा चार हजार ४१७ ब म खसालिएका थिए ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आइसकेपछि हवाई बम आ क्र म ण मा ती’व्रता दिएको देखिन्छ । संयुक्त राष्ट्रसंघ र विभिन्न अधिकारीवादी संघ(संगठनहरुले समयमा समयमा हवाई ब’मबारी निकै बढेकोप्रति चि’न्ता व्यक्त गरेका थिए ।

गत महिनामात्रै विभिन्न स्थानमा गराइएका विस्फोटमा परी ६० सर्वसाधारणको मृ’त्यु भएको थियो । सन् २०१९ को पहिलो ६ महिनामा सरकारी सैन्य आ क्र म णमा परी ७१७ सर्वसाधारणले ज्या’न गुमाएको तथ्यांक सार्वजनिक भएको थियो । जुन सन् २०१८ को भन्दा ३१ प्रतिशत बढी हो ।

अमेरिकाले तालिबानका गतिविधि नियन्त्रण गर्न अमेरिकी सेना अफगानिस्तानमा राखेको छ भने तालिबानले अमेरिकी सेना फिर्ताको माग गरिरहेको छ । अमेरिकी प्रतिनिधि र तालिबानी प्रतिनिधिबीच पटक-पटक वार्ता भए पनि समस्या समाधान हुन सकेको छैन । स्मरण रहोस्ः अफगानीस्तान अहिले नेपालमा चर्चा र विवादको केन्द्रमा रहेको एमसीसी लागू भएको देश हो ।

Related Articles

Back to top button
Close