Videoभिडियो

चर्चित दोहोरि गायकलाई पछार्दै ८ वर्षे अयुषा गौतम, राजु परियारपछी रबिन लामिछानेलाई पनि पछारिन (भिडियो)

सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी धादिङकी ११ वर्षकी कमला घिमिरेको चर्चा ह्वातै बढेको छ। छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन्। प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता भएकी कमला अहिले सबैको हाईहाई बनेकी छिन्। त्यसै गरी काभ्रेकी ८ वर्षे अयुषा गौतम पनि अहिले इन्द्रेणी कार्यक्रममा दोहोरि गाएपछी चर्चामा छिन ।

तोते बोलीमै इन्द्रेणीमा दोहोरि गाउदा धेरैलाई आच्छु आच्छु पारेपछि उनलाई खोज्न मिडियाकर्मी हरु गोठाटार उनको निवासमै पुगेको थियो । निवासमा पुग्दा उनले दोहोरि गएर सबैलाई चकित पारेकी छिन ।

उनको आज दोश्रो पटक फेरी इन्द्रेणीमा दोहोरि चलेको छ । आज उनले रबिन लामिछानेसंग गाएकी छिन । रबिन लामिछानेले उनको अद्भुत कला भएको भन्दै अयुषाको प्रशंश गरेको छ ।

८ वर्षकै उमेर उनले यति मिठो दोहोरि गएर चर्चामा आएकी छिन । यति सानै उमेरमा दोहोरीका टुक्का बनाएर गाउन सक्ने अयुषा स्कुलमा समेत प्रथम बिधार्थी हुन ।हेरौ अयुषा र रबिन लामिछानेसंगको कुराकानी :

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

Related Articles

Back to top button
Close