News

तीन नेपाली युवाले अमेरिकामा जिते एक करोडको चिठ्ठा

काठमाडौं । अमेरिकामा तीनजना नेपाली युवाले संयुक्त रूपमा एक करोड बढीको चिठ्ठा जितेका छन् । मेरिल्यान्ड राज्यको बाल्टिमोरका तीन नेपाली युवाहरुले एक लाख अमेरिकी डलर झन्डै अर्थात् एक करोड १४ लाख नेपाली रुपैयाँको लोटरी जितेको जनाइएको छ ।

स्क्रयाच गरेर खेलिने लोटरी ग्लेनबर्नीमा बस्ने बाग्लुङ र पर्वतका युवाहरु डोलेन्द्र पौडेल, दिपक रिजाल र जीवन शर्माले जितेका हुन् । सात बर्ष अगाडि अमेरिका आएका उनीहरुले टाउसनमा रहेको ईजि कन्भिनिएन्स एण्ड डेलीमा उक्त चिठ्ठा किनेका थिए ।

तीनैजनाले चिट्ठा कार्यालयमा गएर दावी गरेपछि कर कटाएर जनही २२, १२६ डलर ५० सेन्ट प्राप्त गरेको बताइएको छ ।

Related Articles

Back to top button
Close