भिडियो

गगन थापा हराएको सुचना …

काठमाडौ। अहिले देशमा एमसीसीको विषयमा व्यापक बहस र विवाद भइरहेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हस्ताक्ष गरेर अगाडी बढाएको एमसीसी अहिलेको सरकारलाई टोक्नु न बोक्नु जस्तै भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली तत्काल एमसीसी पारित गर्न हतारिएका छन् भने प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका सभापती शेरबहादुर देउवालाई त झनै हतारो भइसकेको छ ।

एक सिटे कमल थापा देखि टर्च बालेर खोज्नु पर्ने अबस्थामा पुगिसकेको साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र सम्मले खुलेरै एमसीसीको पक्षमा बोलिसकेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस एमसीसी पारित गराउँन एकमत जस्तै रहेको छ । सत्तारुढ नेकपा भने पक्ष र विपक्षमा विभाजित भएको छ । भिम रावल , देव गुरुङ जस्ता नेताहरु खुलेरै विरोधमा निस्किएका छन् भने केन्द्रिय स्तर देखि तल्लो स्तर सम्मका कार्यकर्ताहरु पनि विभाजित रहेका छन् ।

कुनै पनि तातो विषयमा तत्काल प्रतिक्रिया दिन हतार गर्ने नेपाली काग्रेसका युवा नेता गगन थापा भने यस विषयमा मौन रहेका छन् । उनले यस विषयमा कुनै धारणा सार्वजनिक गरेका छैनन् । नागरिक स्तर बाट एमसीसीको चर्को विरोध भइरहेको छ । गगन थापा चुइक्क नबोले पछि सामाजीक संजालमा गगन थापा हराएको सुचना भन्दै व्यंग्य सुरु भएको छ । सरकाले सुचना तथा प्रविधि विद्ययक ल्याउँदा थापाले तत्काल भिडियो सन्देश जारी गरेर विरोध जनाएका थिए भने माइतिघर मण्डलामा निस्किएरै संचारमन्त्री सँग कुस्ती खेल्ने घोषणा गरेका थिए ।

लिपुलेक र कालापानी मिचिरहँदा गगन थापा टुडिँखेल मिचिएको विरोधमा सडकमा निस्किएका थिए । कुनै पनि विषयमा आफ्नो धारणा राखिहाल्ने थापा अहिले सम्म गुपचुप रहनुले थप रहस्यमय भएको छ । कतिपयले उनलाई पश्चिमाको एजेण्ट भएको पनि बताउँने गरेका छन् । केहि समय अघि मात्रै अध्ययनको बाहनामा १५ दिन अमेरिका बसेर फर्किएका गगन किन यस विषयमा बोल्दैनन् भन्ने पनि सहज अनुमान गरिरहेका छन् ।

नेपाली काग्रेसमा लामो समय विताएका कृष्ण प्रसाद भट्टराईको स्वकिय सचिव समेत भएर काम गरेका पेशल निरौलाले गगन लाई पश्चिमाको पाले भएको आरोप लगाएका छन् । ओटीभी नेपालसँग कुराकानी गर्दै निरौलाले गगनले चर्चबाट डलर लिने गरेको खुलासा गरे । केहि समय अघि थापा पोखरामा चर्चको उद्घाटन गर्न गएका थिए ।

नेकपाका नेता तथा लेखक आरसी न्यौपानले पनि गगन थापा पश्चिमाको एजेण्ट भएको ठोकुवा गरे । केहि समय अघि इटालीले थापालाई मानार्थ सांसद बनाएको स्मरण गराउँदै न्यौपानले थापालाई पश्चिमाहरुले योजनावद्ध रुपमा लगानी गरेर अगाडी बढाइरहेको बताए ।

यता वरिष्ठ पत्रकार तथा विश्लेषक प्रेम कैदीले थापालाई गू को मुला सँग तुलना गरेका छन् । पश्चिमाहरुले कर्पोरेट मिडियाहरुमा डलरको खोले बगाएर गगन थापालाई ठूलो बनाएको भन्दै कैदीले थापा भनेको गु मा सप्रिएको मुला जसरी फुलेको बताए ।

चौतर्फी रुपमा गगनको विरोध हुँदा पनि उनी एमसीसीको विषयमा कानमा तेल हालेर बसेको छन् । बरु उनलाई माइक समातेर ओलीको विरोध गर्न हतार भइरसको छ । गगनको पारा देख्दा एक विश्लेषकले भनेका छन् धोती खुस्किसक्यो थापा कमिजको फेर समातेर बसिरहेका छन् ।

Related Articles

Back to top button
Close