News

प्राधिकरणले भन्यो : भोली दिनभरी नै उपत्यकाका यी ठाउँमा बिजुली आउँदैन

काठमाडौं । केही वर्ष पहिले लामो समय अध्यारो हुने काठमाडौंमा अहिले त्यो सपनाजस्तो भएको छ । तर भोली काठमाडौको केही स्थानमा दिनभर बिजुली नहुने देखिएको छ ।

चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन भोली बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म बन्द गर्न लागेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

एक सूचना जारी गर्दै प्राधिकरणले उक्त फिडरअन्तर्गत बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायत क्षेत्रका विद्युत अवरूद्ध हुने स्पष्ट पारेको छ । रुख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भए अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ ।

Related Articles

Back to top button
Close