Video

साउदीवाट श्रीमान आएकै दिन भान्जसंग पोइल भागिन् श्रीमती, उनकै बहिनीले खुलाइन् सबै कुरा (भिडियो हेर्नुस्)

काठमाडौं । श्रीमान वैदेशिक रोजगारीका लागि साउदीमा थिए । उनी जुन दिन घर फर्किए सोही दिन उनकी ३७ वर्षकी श्रीमती घर छोडेर हिडिन् । श्रीमान भिम नेपाली साउदीवाट काठमाडौं आइपुग्दा सम्म पनि उनको श्रीमती माया नेपालीसंग कुराकानी भइरहेको थियो । भिमले काठमाडौं स्थित विमानस्थलमा ओर्लिएपछि श्रीमती मायालाई फोन गरेर कहाँ छौ ? भनेर सोधे त्यतीबेला उनले आफु घरमै रहेको बताउँदै आएका थिइन् ।

जव भिम घर पुगे श्रीमती माया आफ्नै भान्जासंग भागिन् । मायाको बहिनी तथा देउरानी अहिले मिडियामा आएकी छन् । ति भान्जाको ब्यवहार र स्वभाव नराम्रो भएका कारण उनले ति भान्जालाई यस अघि पनि सम्झाएको बताइन् । ति भान्जा दिनमा कम्तिमा तीन पटक सम्म घरमा आइरहन्थे । छोरीलाई पनि निकै माया गर्थे । केही वर्ष यता उनको ब्यवहार नराम्रो देखिएपछि उनले सम्झाएको बताइन् । बैदेशिक रोजगारीले अधिकांश नेपालीहरुको घरमा सन्पन्नता ल्याएको छ । आफ्नो खुसी विर्सेर परिवारका लागि भन्दै विदेश गएका युवाहरुका कारण धेरै नेपालीको भान्छामा चुलो बलेको छ । नेपालमा रेमिटयान्स भित्रिएको छ । तर सबै कुराको सकारात्मक र नकारात्मक पाटा भएजस्तै यसको पनि नकारात्मक पाटा तर्फका कुरा धेरै बाहिर आउन लागेका छन् ।

श्रीमती छोराछोरी र परिवारको खुसी खोज्न विदेश गएका युवाहरु घर फर्कदा घरमा न श्रीमती हुन्छिन् न त उनीहरुले विदेशमा कमाएको पैसा नै हुन्छ । मरुभूमीको तातो घाममा शरिर डढाएर फकिएका युवाहरुको घरवास उजाडिएका धेरै घटना सार्वजनिक भएका छन् । यो एक महिना भित्र त्यस्ता झण्डै आधा दर्जन घटना सार्वजनिक भएका छन् । विदेशवाट लामो समय पछि श्रीमान आउँदा घर रित्तै हुन्छ भने कमाएको सम्पत्ती समेत हुँदैन । फेरी यस्तै घटना अहिले सार्वजनिक भएको छ । पछिल्लो समय चितनवबाट त्यस्ता घटना धेरै सार्वजनिक भएका छन् । यहाँ पनि हामी फेरी चितवनको अर्को घटनाका बारेमा प्रस्तुत गरेका छन् । साउदीमा रहेका एक युवा १२ वर्ष पछि घर आउँदा त्यस्तै अवस्थाको सामना गर्नु परेको छ ।

साउदीमा रहेका ४२ वर्षीय भिम नेपाली घर फर्कदा उनको श्रीमती घरमा छैनन् । उनले कमाएको सम्पत्ती पनि छैन । उनले कमाएको २० लाख रुपैया लिएर श्रीमती आफ्नै भान्जासंग भागेको भिमले आरोप लगाएका छन् । दुई छोरा र एक छोरीकी आमा श्रीमानले कमाएको २० लाख रुपैया सहित हराएपछि भीम रुँदै मिडियामा आएक छन् । ३७ वर्षकी श्रीमती विवाह गरेको २० वर्ष पछि सम्पत्ती सहित हिडेपछि भिम रुँदै आएका हुन् ।

उनको छोरी साइन्स पढ्दै छिन् । उनको श्रीमतीको नाम माया हो । करिब ७ महिना यता मायाले भिमसंग कुरा पनि गर्न छोडेकी थिइन् । भिम घर आउँदा पनि ति भान्जा घरमा आउने जाने गर्थे । तर उनले भान्जासंग त्यस्तो सम्बन्ध होला भन्ने कल्पना समेत गर्न नसकेको बताए । विदेशमा रहँदा पनि उनले भान्जाको बारेमा पनि सोधिरहन्थे । भिमले प्रत्यक महिना श्रीमती मायालाई पैसा पठाउँथे । १८ वर्षको उमेरको छोरी छन् । छोरीको विवाह गर्ने उमेरमा आमा नै आफ्नो भान्जासंग हिडेपछि अहिले भिम निकै चिन्तित भएका छन् ।

Related Articles

Back to top button
Close