Entertainment

म त सानो जातको, पानी पनि चल्दैन मेरो हातको…

काठमाडौं १७ माघ / पछिल्लो समयकी बहुचर्चित लोकप्रिय गायिका टीका प्रसाईंको स्वरमा अत्यन्तै मार्मिक र सन्देशमुलक गीत डिजिटल बजारमा ओ एस आर मोभी नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतमा गायिका प्रसाईंलाइ गायक ताराविर पाण्डेले साथ दिएका छन् ।

“राख्दा काडा टेकि मन रुँदैन
भन्छन देख्दा शुभसाइत हुँदैन
म त सानो जातको
पानी पनि चल्दैन माया मेरो हातको”

गीतकार दीपा बिष्टको उत्कृष्ट शब्द संयोजनमा रहेको यस गीतलाई गायक ताराविर पाण्डेले नै संगीत भरेका हुन् भने सविन लिम्बूको एरेन्ज रहेको छ ।गीतको भिडियोलाई पनि निकै नै मेहनका साथ तयार पारेका छन्, जस्मा कलाकारहरु नवराज पाण्डे र विना घिमिरेले उत्कृष्ट अभिनय प्रस्तुत गरेको देख्न सकिन्छ । अर्जुन सापकोटाले खिचेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् भने नवराज पाण्डेको निर्देशन हो ।

अझैपनि हाम्रो गाउँघर देखि शहर सम्म जातिय छुवाछूत पुर्ण रुपमा अन्त्य भइसकेको छैन । जातिय भेदभावकै कारण कंयन प्रेमिल जोडीहरु बिछोडिएको खबर हामिले धेरै पहिलादेखि सुन्दै आएका हौं, यस्तै यस गीतले पनि माया गर्ने मनलाई जातले रोक्दैन भन्ने सन्देश दिन खोजेको छ ।

Related Articles

Back to top button
Close