Entertainment

चलचित्र ‘परदेशी २’मा प्रकाश सपुत र केकी अधिकारी पक्का

काठमाडौँ १७ माघ / चलचित्र ‘प्रदेशी २’मा गायक प्रकाश सपुत र अभिनेत्री वर्षा सिवाकोटीको जोडी बाँधिने भएको छ । वरिष्ठ गायक तथा गीतकार नारायण रायमाझीको चलचित्र प्रदेशी २ मा पछिल्लो समयका चर्चित गायक, नायक प्रकाश र नायिका वर्षा सिवाकोटीको जोडी बाँधिने पक्का भएको हो । नारायण रायमाझीको निर्देशनमा हुने यो चलचित्र फागुको दोस्रो साताबाट फ्लोरमा जानेछ ।

सिनेमाको निर्माण पक्षले लामो समयदेखि मुख्य अभिनेत्रीको खोजीमा रहेको थियो । श्रोतले दिएको जानकारी अनुसार निर्देशक रायमाझीले मुख्य अभिनेत्रीको रुपमा अभिनेत्री वर्षा सिवाकोटीलाई साइन गरेका छन् । निर्माण टिम र वर्षाबीच केहिदिन पहिले कागजी सम्झौता भैसकेको छ । बिषयमा अभिनेत्री सिवाकोटीले केही पनि बताउन चाहिनन् ।

सिनेमा ‘परदेशी २’ले वैदेशिक रोजगारीमा जाने नेपालीको पिडा भन्ने छ । सिनेमाको हाल केही दृश्यको छायांकन अमेरिकामा भैरहेको वुझिएको छ । वर्षा सिनेमामा जोडिएको बिषयमा यसको निर्माणपक्षले पनि केही बताएको छैन । सिनेमाका लागि अर्की एक जना अभिनेत्रीको खोजी पनि भैरहेको वुझिएको छ । सिनेमा ‘परदेशी’मा प्रशान्त तामाङ, रजनी केसी लगायतका कलाकारको मुख्य भूमिका थियो ।

यसको सिरिजमा भने प्रकाश सपुत र वर्षा सिवाकोटीले काम गर्दैछन् । हाल अभिनेत्री सिवाकोटीको व्यस्तता निकै बढेको छ । केहीदिन पहिले मात्रै ‘चालबाज’को छायांकन सकाएकी वर्षाले रमेश वुढाथोकीको निर्देशनमा निर्माण हुने सिनेमा ‘सुदुर’मा पनि काम गर्दैछिन् । उनले ‘सुदुर’ अगाडि ‘परदेशी २’को छायांकन सुरु गर्ने योजना बनाएको वुझिएको छ ।

Related Articles

Back to top button
Close