Videoभिडियो

जिग्री देखिए डबल रोलमा, ‘सक्किगोनी’को अहिलेसम्मकै रमाइलो कथा भाग २० मा हेर्नुहोस् (भिडियो)

काठमाडौं । कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा तयार भएको हाँस्य टेलिशृङ्खला ‘सक्किगोनी’को २० औँ भाग सार्वजनिक भएको छ । नेपाल टेलिभिजनमा बिहीबार राति ८ः४५ बजे आउने हाँस्य टेलिशृङ्खला ‘सक्किगोनी’मा निकै लोकप्रिय हाँस्य टेलिशृङ्खला भद्रगोलमा देखिने पात्रहरु नै यसमा देखिएका छन् ।

कलाकारहरु जिग्री, पाँडे, कक्रोज, बले, रक्षा, काकु, मुन्नी, एकदुमे, लगायको अभिनय दर्शकहरुले निकै रुचाएका बेला २० औँ भागमा केही समयदेखि श्रृखलामा नदेखिएका जिग्री डबल रोलमा देखिएका छन् । कम बोल्ने स्वभावमा बडीगार्ड सहित उपस्थित भएका नक्कली जिग्रीले रक्षासँग विबाह नै गरे भने सक्कली जिग्रीले रक्षालाई बचाएर ल्याएको रमाइलो कथा भाग २० मा देखाइएको छ । हेर्नुहोस् ‘सक्किगोनी’ को २० औँ भागको यो रमाइलो दृश्य

Related Articles

Back to top button
Close