News

दुध बेच्न हिँडेकी मनमायाको टिपरले लियो ज्यान, आ’क्रो’शित स्थानियले टिपर ज’लाए

गोरखा, १७ माघ । पछिल्लो समय टिपरका कारण दर्जनौं नागरिकले ज्यान गुमाउनु परेको छ । काठमाडौंमा धेरैले टिपरका कारण ज्यान गुमाउनु परेपछि दिउसोमा टिपर संचालनमा रोक लगाइएको छ । टिपरले किचेर हरेक दिनजसो नागरिकको ज्यान गइरहेको छ ।

सुर्खेतमा पाँच दिनअघि टिपरको ठ क्क रले एक युवकको ज्यान गएपछि चार दिन देखि सुर्खेतमा त ना व कायमै छ । स्थानिय प्रशासनले करफ्यु समेत लगाउनु परेको थियो । सो घ टना सेलाउन नपाउँदै शुक्रबार बिहान गोरखामा एक महिलाको टिपरले कि चेर निधन भएको छ ।

गोरखा नगरपालिका–१० स्थित गोरखकाली क्रसर परिसरमा ग १ ख ८०२७ नम्बरको ट्रिपरले कि चेर अमलापानी बस्ने ५२ वर्षकी मनमाया तामाङको घ टना स्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घरबाट छेपेटार बजारमा दूध बेच्न हिडेकी तामाङलाई शुक्रबार बिहान पौने सातबजे क्रसरबाट निस्केको ट्रिपरले कि चेर निधन भएको प्रहरीले जनाएको छ । महिलाको निधन भएपछि आ क्रो शित पाँचसय भन्दा धेरैजनाको भिड ले सो ट्रिपरलाई आ ग ज नी गरेका छन् । क्रसरभित्र २० वटा ट्रिपर र ६ वटा एक्साभेटर तो ड फो ड भएको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close