Entertainment

र्‍यापर भिटेनलाई फापेन पोखरा

माघ । र्‍यापर भिटेन र पोखराको सम्बन्ध अलि भिन्दै छ । पोखरेली दर्शकले जति भिटेनलाई साथ दिन्छन् पोखरेली मंचले भने भिटेनलाई उति साथ दिएको छैन । र्‍यापर समिर घिसिङ अर्थात भिटेन गत शुक्रबार पोखरामा आयोजित पोखरा महोत्सवमा आफ्नो प्रस्तुति राख्न फेरि पोखरा आएका थिए ।

नेपाली र्‍याप गीतलाई मनपराउने जमात पोखरामा बढी छ । सोही कारण उनको प्रस्तुतीमा रम्न ठुलो संख्यामा दर्शक जम्मा भए । उद्घोषक सञ्जु सुनारले भिटेनको नाम बोलाए पछि दर्शक जोशीए । हुटिङ गर्न थालि हाले ।

भिटेन कालो पहिरनमा स्टेजमा देखिएका थिए । दर्शकको भिड र उनीहरुको सर्पोटले गायक भिटेन पनि उत्साहित थिए । तर गीत गाउँदै गर्दा उनको देव्रे खुट्टामा लगाएको जुत्ता चिप्लियो । उनी स्टेजबाट भुईँमा लड्न पुगे । तुरुन्त उनलाई आयोजकले उचालेर स्टेज पछाडी लगे । यसरी लड्दा पनि गीत गाउन भने उनले छोडेका थिएनन् ।

एकैछिन रेष्ट गरेपछि पुनः स्टेजमा उक्लिए । आफ्ना नयाँ तथा पुराना गीत सुनाउँदै उपस्थित दर्शकलाई मनोरञ्जन दिलाए । यसअघि सन् २०१९ को स्वागतार्थ पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा उनी माथी ढुंगा प्रहार भएको थियो ।

उनी अन्डरग्राउन्ड र्‍याप गीत गाएर उदाएका हुन् । र्‍याप गीतमा नेपाली भाषाकै प्रयोग बढी गर्ने उनका गीतको विशेषता हुने गर्दछ । यस्ता गीत दर्शक श्रोताले मन पराएका छन् ।

उनले सन् २०१५ मा गरिब बोलको गीत रेर्कड गराए । यो नै उनको रेर्कडेड डेब्यु गीत थियो । सन्देशमुलक यो गीतले उनलाई साँगीतिक क्षेत्रमा ल्याएको थियो ।

उनी म त यस्तै त हो नी ब्रो, मान्छे खत्तम, लाहुरेको फेसन, खलासी, चुरोट, तातो न छारो, बहिनि, सिम सिमे पानी, हालखबर, अन्तिम चाहना, हिम्मत, इन्ट्रो आदी गीत मार्फत दर्शकमाझ चिनिए ।

Related Articles

Back to top button
Close