Video

अनुपाका भिनाजु आए मिडियामा : नकुल र अनुपाको भित्री सम्बन्धको पर्दाफास (भिडियो हेर्नुस्)

काठमाडौं । पछिल्लो समय तनहूँको भानु ९ मा नकुल र अनुपाको बिषयलाई लिएर सामाजिक संजालमा टिका टिप्पणी भएका छन् । करिब १३ बर्ष विदेशी भूमीमा आफ्नो पसिना बगाएर जोडेको सबै सम्पती लिएर श्रीमती अनुपा अधिकारी अर्कैसंग हिडेपछि नकुलले न्यायका निमित्त गुहार मागेका छन् । तर यता अनुपाको अडियो भने सार्वजनिक भएको छ ।

उनले एउटा यट्युव च्यानलमा आफुमाथि अन्याय भएका कारण घर छोडेर हिडेको बताएकी छन् । श्रीमानले आफुलाई धेरै शंका उपशंका गर्ने तथा मानसिक र शारिरीक यातना समेत दिने गरेका कारण बस्न नसकेको बताएकी छन् । आफुले ऋण लिएको कुरा सहि भए पनि त्यो ऋण घर बनाउनका लागि लिएको उनको भनाई छ । आफु विवाह गरेर जाँदा धरमा केही नभएको र त्यो आफुले ऋण धन गरेर नै जोडेको उनको भनाई छ ।

दुई नाबालक छोरीहरु समेत लिएर केही महिना देखी अनुपा बेखबर भएपछि उनका श्रीमान मिडिया गुहार्न पुगेका हुन् । उनको श्रीमती कुमार कार्कीसंग हिडेको थाहा भएपनि अहिले सम्म कसैको सम्पर्कमा भने आएकी छैनन् ।
यसैबीच अनुपाका भिनाजु पनि मिडियामा आएका छन् । उनले आफु अरुसंग विवाह गरेर गएको भएपनि ति छोरीहरुलाई लुकाउन नहुने बताएका छन् । नाबालक छोरीहरुलाई पनि लिएर गएका कारण नकुलका परिवार चिन्तित भएको भन्दै अनुपाकै भिनाजुले त्यसो नगर्न अनुपालाई भिडियो मार्फत अनुरोध गरेका छन् । प्रेमबहादुर पाण्डे उनी कालिका माविका अध्यक्ष र जनप्रतिनिधि पनि हुन् । पाण्डे अनुपाको भिनाजु नाता पर्ने बताउँछन् ।

Related Articles

Back to top button
Close