Video

आफ्नो ४६ वर्ष पुरानो घडी बेच्न गएका ब्यक्ति त्यसको मुल्य सुनेर भुइँमा लडे (भिडियो)

एजेन्सी । एक जना ब्यक्तिले आफ्नो ४६ वर्ष पुरानो घडी बेच्न जाँदा त्यसको मुल्य सुनेर वेहोस भएका छन् । अमेरिकामा यस्तो घटना भएको हो । अमेरिकाका एक व्यक्तिले सन् १९७४ मा रोलेक्स घडी ३४५ डलरमा खरिद गरेका थिए। उनलार्य अहिले त्यो घडी बेच्नु पर्ने भयो । पूर्व अमेरिकी सेना रहेका उनी साथीले दिएको सल्लाहका आधारमा सो घडी किनेका थिए । ती व्यक्तिले सेवाकै क्रममा रोलेक्स राम्रो घडी राम्रो हुन्छ भनेर किनेको बताएका छन् ।

उनको घडी ४६ वर्ष पुरानो भएपनि राम्रोसँग चलिरहेको चल्न छोड्यो । हालै रोलेक्सले एन्टिक सोमार्फत् पुराना घडीहरु बोलाबोलमार्फत् खरिद गर्ने एक कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा ती व्यक्ति पनि आफ्नो घडी बेच्न र मूल्य बुझ्न भन्दै त्यहाँ गए। जब रोलेक्सका एक अधिकारीले उनको घडीको मूल्य ४ लाख अमेरिकी डलर भएको बताए।

उनी घडीको मुल्य सुनेर भुइँमै लडे। तर एकै छिनमा उनी उठेर खुसी भए । यतिबेला सामाजिक सन्जालमा ती व्यक्तिको भिडियो निकै भाइरल बनिरहेको छ उक्त घडी ती पूर्व सेनाले त्यसबेला पनि महँगो मूल्यमा नै किनेका हुन् । उनका अनुसार उनलाई यो घडी यति मनपर्यो उनले कहिल्यै घडी लगाएनन्। वर्षौसम्म सुरक्षित राखे। निकै नै राम्रो अवस्थामा यो दुर्लभ घडी पाएपछि रोलेक्सले यस घडीको लागि ५ लाखदेखि ७ लाख डलर तिर्ने बताइएको छ।हेरौं उक्त भिडियो:

Related Articles

Back to top button
Close