News

बोराले कि’चेर एकै परिवारका चार जनाको निधन

बुटवल, १६ माघ । बोराले कि’चेर रुपन्देहीमा एकै परिवारका चार जनाको ज्यान गएको छ । बोराको थुप्रोले कि’च्दा भारत बिहारका ३० बर्षीय सहजाद हुसेन, उनीकी श्रमती २८ बर्षीया सद्धव खातुन, ६ बर्षीय छोरा सुल्तान रजा र २ बर्षीया छोरी सहिना खातुनको निधन भएको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बडा नम्बर ६ गल्लामण्डी पिपरहियामा आफैंले संकलन गरेर राखेको बोराले थि’चेको अवस्थामा उनीहरुलाई बिहान मृ’त फेला पारिएको थियो ।

घरको सटरभित्र बोरा राखिएको थियो । तीन तर्फ बोरा खात पारेर राखिएको थियो । बोराको बीचमा सानो ठाउँमा सुतेका उनीहरुलाई माथिवाट झरेका बोराले थि’चेको हो । बोरा चिप्लिएर ख’स्दा सास फेर्न नसकेर निसास्सिएर निधन भएको प्रहरीको आशंका छ ।

प्रहरीका अनुसार हुसेन परिवारले बिगत १५/२० बर्षदेखि कवाडीका बोरा जम्मा गर्ने र बोरा सिलाएर बिक्री वितरण गर्दै आएका थिए । उनीहरुको श’व पोस्टमार्ट‍मका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।

Related Articles

Back to top button
Close