News

आफ्नो वालवालिकालाइ मोवाईल फोन चलाउन नदिनुहोस्, मस्तिष्कमा असर गर्छ

के तपाइँलाइ थाहा छ दिनमा २० मिनेट मात्रै भएपनि बच्चालाई बुवाले पनि समय दिनुपर्छ, बच्चालाई आमावुवा दुबैको साथ उत्तिकै आबश्यक पर्छ ।’ उनले भने‘ बच्चाले आमाबाट ट्रिकनेश र बुवाबाट कन्फिडेन्स पाउछ ।’

हलमा सहभागिहरुलाई सोध्दै प्रसंग बदले‘ यो हलमा सहभागिमध्ये कति जनाका छोराछोरीले मोवाईल चलाउँदैनन् ।’ थोरैका हात उठे । यानेकी मोवाईल नचलाउने बच्चाबच्ची बिरलै रहेछन् । तर बच्चाबच्चीले मोवाईल चलाउँदा उनीहरुको स्वास्थ्यमा भयाबह अबस्था आउने उनले बताए ।

‘ यदि तपाईको बच्चाले मोवाईल चलाउछ भने तपाईको श्रीमानले कमाएको तीनगुणा पैसा १० बर्षसम्म जम्मा गरेर राख्नुस्, त्यसले मात्रै पनि उपचार गर्न पुग्दैन्‘ उनले भने‘ मोवाईलबाट निस्किने ईलेक्ट्रो म्याग्नेट बेभले बच्चाको दिमागलाई बिगारिदिन्छ ।’

मोवाईल चलाउने बच्चामा १० बर्षपछि बोन म्यारो क्या न्स हुने सम्भावना ६० प्रतिसत हुनुका साथै आमासयमा समेत क्यान्सर हुने बताए । ‘बिल्गेट्ससंग नेपालजस्ता ९ वटा देश चलाउन पुग्ने पैसा छ, तिनै बिल्गेटस्ले एरिजोनामा एउटा स्कुल सञ्चालन गरेका छन्, जुन स्कुलमा ईलेक्ट्रेड मिडियाको प्रयोग गर्नै पाईदैन्, एउटा क्याल्कुलेटर समेत प्रयोग गर्न नपाईने ब्यबस्था गरेका छन्’ उनलेभने‘ बिलगेट्सले एउटा ईलेक्ट्रिेड मिडिया समेत किन्न नसक्ने कुरा त भएन्, त्यसको प्रयोगले हाम्रो स्वास्थ्यलाई गर्ने असरलाई मध्यनजर गरेरै प्रयोग गर्न रोक लगाएका हुन् ।’ त्यसैले बच्चाको मोबाईले खेलाउने बानीलाई आजैदेखि छुट्कारा दिलाउन अनुरोध गरे ।

उनले प्रसंग बदले । बच्चाको दिमाग बिकास भईरहेको हुन्छ । त्यस्तो अबस्थामा नकारात्मक कुनै पनि टिप्पनी गर्न नहुँने बताए । ‘ बच्चालाई कहिल्यैपनि ‘नगर, नगर’ भनेर भन्छौं, त्यसले बच्चालाई नकारात्मक असर गरिरहेको हुन्छ ’ उनले भने‘ त्यसैले बच्चालाई सकारात्मक कुरातर्फ बढि ध्यान दिनुपर्छ ।

’ बच्चे खान नखाएमा डराउन दिएर पनि खान खुवाउने चलन रहेको भन्दै यसले बच्चामा दीर्घकालीन रुपमा नकारा त्मक छाप पर्ने बताए ।‘ यदि बच्चाले खान खाएन् भने हामीले बच्चालाई , भात नखाए भुत आउछन् भनेर डराउन दिन्छौं’ उनलेभने‘ यस्तो बच्चा हरेक कुरामा डराउने गर्छ ।’

बिद्यालर्थीलाई ‘होमवर्क’ को पेलान गर्न पनि नहुने बताए । ‘ होमवर्क दिनेभनेको कक्षा ३ देखि माथि हो’ उनले भने‘ त्यही पनि आबश्यकता अनुसार मात्रै ।’ बच्चालाई पि ट्दा पनि नरा का त्मक असर पर्छ । गालामा , ढाडमा, टाउकोमा कुट्दा टाउकोमा असर पर्ने उनले बताए ।

यसमा डा. कडेलले भने‘ बिद्यार्थी स्कुलको ड रले गर्दा त्यासो गर्ने गर्छन्, होमवर्कको पेलानले गर्दा नर्सरीदेखि कक्षा १२ सम्ममा करिब ६५ प्रतिशत बच्चा पढाईबाट टाढा जान खोज्छन्, त्यसैले बच्चाले होमवर्क गर्न चाहेन भने पनि त्यसमा अभिभावकले शिक्षकले कुनै यातना दिनुहुँदैन्, बच्चाले जसरी सजिलो तरिकाले बुझ्छ, त्यसरीनै होमवर्क गर्न दिनुपर्छ ।’ अर्को तर्फ बिद्यार्थीको परीक्षामा प्राप्त गरेको अंकभन्दा उसले हाँसिल गरेको ज्ञान महत्वपूर्ण हुने बताए ।

त्यस अवसरमा एक अभिभावकले सोध‘ मेरो बच्चाले पढाईमा ध्यान दिदैन , पिलेन बनाउछु भन्छ, त्यसैमा बढि ध्यान दिन्छ ।’ यसको जवाफ दिदै डा. कंडेलले भने‘ बच्चालाई साईन्टिस्ट बन्न दिनुस्, यसले सकारात्मक प्रभाब नै पार्छ, र पढाईतिर पनि ध्यान दिन अनुरोध गर्नुस् ।

’ अर्का अभिभावकले सोधे‘ मेरो बच्चाले किताब कापी च्यातेर खान्छ’ यसमा जवाफ दिदै डा. कंडेलले भने ‘ बच्चाको पेटमा मिनरलको कमी भएमा बच्चाले कपी, किताब च्यातेर चपाउन खोज्छ ।’

आफ्नो प्रशिक्षणको अन्त्यमा उनले भने‘ बच्चालाई आफ्नो कपडा कहिल्यै पनि लगाउनु नदिनुस्, यसले पनि नकारात्मक असर गर्छ, श्रीमान र श्रीमतीले डिस्कस नगर्नुस् ।’ यीसबै कुरा पालना गरेमा मात्रै बच्चा मनोबैज्ञानिक हिसाबले स्वस्थ्य हुने उनको भनाई थियो ।

गुनासाे १

छोराछोरी घरमा भएको बेला कहिल्यै पाहुना बोलाउँदिनँ। घरमा जो आए पनि ‘आन्टी, अंकल तपाईंको मोबाइलमा के–के छ?’ भनेर मागेर हैरान पार्छन्। मेरी पाँच वर्षकी छोरी आयुषा र आठ वर्षको छोरो आयुष फोन भनेपछि हुरुक्कै हुन्छन्। जतिबेला पनि त्यसैमा झुन्डेर बसेको दख्दा असाध्यै रिस उठ्छ।

-चिरञ्जीवी अर्याल, अभिभावक, गोदावरी, ललितपुर

गुनासाे २

छोराछोरीले स्मार्टफोन धेरै चलाएर मलाई धुरुक्कै रुवाएका छन्। मेरो छोरा सक्षम १० वर्षको भयो। छोरी समृद्धि १२ वर्षकी भई। जापान गएको बेला एउटा ट्याब किनेर ल्याइदिएको थिएँ। अहिले त्यसैमा दुवैको हानथाप हुन्छ। बिहान पनि त्यही ट्याब, बेलुका पनि त्यही ट्याब। हप्काएन भने त चौबीसै घण्टा त्यही समातेर बस्छन्। ट्याब र फोन दुवै लुकाएर हिँडेको दिनमा घरमा रुवाबासी चल्छ। उनीहरूको रुवाबासी सुनेर छिमेकीसमेत जिल्ल पर्छन्। म आफू हास्य कलाकार। तर, घरबाट बाहिर निस्कँदा सधैँ छोराछोरीलाई रुवाउँदै हिँड्नुपर्छ।
–जितु नेपाल, अभिनेता

गुनासो ३

धेरै पटक मेरो मोबाइलका नम्बर र अन्य फाइल मेटिएका छन्। त्यो बेलामा मलाई रुनु न हाँस्नु हुन्छ। मेरो छ वर्षको छोरा प्रशान्त जतिबेला पनि माबाइलमा नै झुन्डिएर बस्छ। गेम हटाइदियो भने त्यो दिन झगडा गरेर धुम्म परेर बोल्दै नबोली बस्छ। खानासमेत खाँदैन।
– ललिता नापित, अभिभावक, सामाखुशी, काठमाडौँ

‘क्लास अफ क्लान’, ‘बम स्क्वाड’, ‘डेड टार्गेट’, ‘सिटी रेसिङ’ जस्ता धेरै गेमसँग परिचित छन्, काठमाडौं असनका आठ वर्षीय निश्चल आचार्य। त्यसबाहेक पनि अन्य थुप्रै गेमको लिस्ट उनीसँग छ। ती गेम उनी हरेक दिन खेल्ने गर्छन्। मोबाइल खेल्न थालेपछि उनी दिन कटेको पत्तो पाउँदैनन्। भन्छन्, ‘बाहिर गएर खेल्नै मन लाग्दैन। कोठामै बसेर मोबाइल चलाउन मज्जा लाग्छ।’ त्यसबाहेक उनी मोबाइलमा कार्टुन पनि हेर्न रुचाउँछन्। मोटु पत्लु, टम एन्ड जेरी, हतौडी, डोरेमन जस्ता कार्टुन बढी हेर्ने गरेका छन्।

अहिलेका बालबालिका स्मार्टफोनको लतमा फसेको कान्ति बाल अस्पतालकी मनोचिकित्सक डा. ज्यास्मिन माको अनुभव छ। ‘कान्तिमा आउने धेरैजसो केटाकेटीमा मैले यस्तो समस्या देखेकी छु,’ उनी भन्छिन्, ‘धेरै अभिभावक आफ्नो बच्चालाई स्मार्टफोनको लतबाट टाढा राखिदिनुपर्‍यो भन्दै आउँछन्।’ बच्चाहरूमा फोनको लत आफैँमा नलागी अभिभावकले लगाउने गरेको उनी बताउँछिन्। भन्छिन्, ‘अभिभावकहरूले आफ्नो सहजताका लागि बच्चा भुलाउने बाटो बनाएर फोन दिन्छन्। बिस्तारै त्यही फोन लत बन्छ। विभिन्न अध्ययनले बच्चाको हातमा मोबाइल दिनु भनेको कोकिन दिनु बराबर हो भन्ने निष्कर्ष निकालेका छन्।’

बच्चा फकाउने भाँडो

काठमाडौँ, अनामनगरस्थित सिटी मन्टेसोरीकी संस्थापक पुष्पा रिजालले बच्चाहरूमा स्मार्टफोनको लतबारे अनौठो अनुभव सुनाइन्। ‘हाम्रो मन्टेसोरीमा एक जना दुई वर्षको बच्चा थियो,’ उनी भन्छिन्, ‘उसको आमा कामकाजी भएकाले हाम्रोमा ल्याएर छोड्नुहुन्थ्यो। स्कुल आउन नमान्ने त्यो बच्चा ट्याब दिएपछि भने खुरुखुरु आउँथ्यो। सुरुदेखि नै उसलाई त्यसको लत रहेछ।

उसको पहिलो बोली नै ‘ट्याब’ भन्ने शब्दबाट भएको रहेछ। केही दिनसम्म हामीले उसलाई ट्याब दिएर फकाउन बाध्य भयौं। किनकि, त्यो बच्चामा ग्याजेटको लत बसिसकेको थियो। बिस्तारै टिभी र अन्य खेलकुदका सामग्रीहरू दिएर उसको ध्यान मोड्यौँ।’ स्मार्टफोनको सकारात्मक र नकारात्मक दुवै असर रहेको उनी बताउँछिन्। स्कुल आउनुभन्दा पहिला नै बच्चाहरूले धेरै कुरा सिक्दै आएको पुष्पा बताउँछिन्। ‘स्कुलको पहिलो दिनमा नै बच्चाहरू राइम्स गाउने र अरू पनि धेरै कुरा जान्ने भइसकेका हुन्छन्,’ उनी भन्छिन्, ‘त्यो राम्रो पक्ष पनि हो।’

स्मार्टफोन आफैँमा खराब होइन

‘डट कम जेनरेसन’का बालबालिकाका लागि स्मार्टफोन खराब ठान्दिनन्, बालविकास विशेषज्ञ सानु अमात्य। भन्छिन्, ‘स्मार्टफोन भनेको यस्तो चिज हो, जसभित्र संसार अटाएको छ।’ मोबाइलको सदुपयोगबारे अभिभावक स्वयं सचेत हुनुपर्ने उनी बताउँछिन्। बालबालिकालाई मोबाइलको पहुँचबाट टाढा राख्नका लागि फकाउने, सम्झाउने, बुझाउने र खेलाउनुपर्ने उनले सुझाउँछिन्। प्रविधिलाई अवसरका रूपमा लिनुपर्ने उनको बुझाइ छ। ‘प्रविधिलाई दोष दिएर काम छैन,’ उनी भन्छिन्, ‘अवरोधका रूपमा त यसलाई हामी आफैँले खडा गरेका हौँ।’

स्मार्टफोनबाटै बच्चाहरूले धेरै कुरा सिक्न पाएकोमा अधिकांश अभिभावक दंग छन्। काठमाडौँ, ठमेलकी सुस्मिता डिसी पनि दंग छिन्। उनी आफ्नी छोरी दीपिकाले मोबाइलबाट अंग्रेजी शब्दहरू सिकेको बताउँछिन्। ‘अहिलेका केटाकेटीले स्कुलबाट भन्दा मोबाइलबाट धेरै कुरा सिक्छन्,’ उनी भन्छिन्, ‘मोबाइलमा हामीले चलाउन नजान्ने कुरा चलाउन उनीहरू सिपालु छन्।’

लत लाग्न दिनु हुँदैन

प्रविधिले ल्याएको परिवर्तनलाई धेरै अभिभावकहरू नकार्न सक्दैनन्। अहिलेका बालबालिका अडियो–भिडियोको दुनियाँमा हराएको बताउँछिन्, मनोवैज्ञनिक परामर्शदाता डा. गंगा पाठक। ‘अभिभावकहरूले खाँदा, बस्दा, पढ्दा, सुत्दा जतिबेला पनि बच्चाहरूलाई प्रविधिसँग नजिक बनाउँछन्,’ उनी भन्छिन्, ‘त्यसले उनीहरूमा एक किसिमको लत बस्छ।

कुनै कुरामा लत लाग्नु भनेको दिमाग एकोहोरो हुनु हो।’ मेसिनसँगको लगावले बच्चामा परिवारसँगको आत्मीयता घट्ने उनी बताउँछिन्। भन्छिन्, ‘बच्चाहरूको सम्बन्ध त आफ्नो आमाबुवासँग हुनुपर्छ, ग्याजेटसँग होइन।’ स्मार्टफोन धेरै प्रयोग गर्दा बच्चाहरू साथीभाइसँग घुलमिल हुन नमान्ने र डराउने गरेको उनी बताउँछिन्। ‘ग्याजेटले बच्चाको क्षमतालाई घटाउने डा. पाठकको भनाइ छ। ‘स्मार्टफोनबाट बच्चाले ज्ञानगुनका कुराहरू एकोहोरो रूपमा मात्र लिन्छन्,’ उनी भन्छिन्, ‘ती कुरा दोहोरो रूपमा अभिव्यक्त गर्न सक्दैनन्। आफ्नो कुरा अभिव्यक्त गर्न नसक्ने भएपछि बच्चाहरू रिसाहा स्वभावका हुन्छन्।’

स्मार्टफोनः खाना खुवाउने सजिलो उपाय

अहिलेको परिवेशमा प्रविधिबाट बालबालिकालाई टाढा राख्न नमिल्ने बताउँछिन्, बालविकास विशेषज्ञ मीनाक्षी दाहाल। भन्छिन्, ‘हाम्रा धेरै अभिभावक छन्, जो आफू फोन चलाउँछन्। बच्चालाई चलाउनु हुँदैन भनेर हप्काउँछन्। यस्तो गर्दा बच्चाहरूमा रिसाउने, झर्को मान्ने, दोहोरो कुरा नगर्ने हुँदै बिस्तारै कम्युनिकेसन ग्याप हुन्छ।’ हाम्रा अधिकांश अभिभावकको बानी खाना खुवाउने बेला मोबाइल देखाउने हुन्छ।

तर, खाना खुवाउँदा सकभर मोबाइल फोन नदेखाउन दाहाल सुझाउँछिन्। ‘बच्चालाई राइम्स र भिडियो देखाएर खुवाउनु गलत हो,’ उनी भन्छिन्, ‘त्यसरी खुवाउँदा बच्चालाई खानाको स्वाद थाहा हुँदैन। खाना खुवाउँदा अभिभावकले बच्चाहरूसँग बोलेर, उनीहरूको हाउभाउमा प्रतिक्रिया दिएर खुवाउनुपर्छ।’ सिटी मन्टेसोरीकी पुष्पा पनि खाना खुवाउने बेला मोबाइलभन्दा बाहिरी वातावरणसँग भुलाउँदै खुवाउनुपर्ने बताउँछिन्। ‘बच्चासँग कुराकानी गर्दै, उनीहरूले स्कुलमा सिकेको कुरा सोध्दै खुवाउनुपर्छ,’ उनी भन्छिन्, ‘भुलाएर वा झुक्काएर खुवाउनु हुँदैन। खानाको स्वाद बच्चाले थाहा पाउनुपर्छ।’

दिमागलाई थकाउँछ

वरिष्ठ मनोचिकित्सक डा. विश्वबन्धु शर्मा भन्छन्, ‘स्मार्टफोन भनेको यस्तो चिज हो, जुन जति प्रयोग ग¥यो त्यति नै प्रयोग गरिरहन मन लाग्छ।’ स्मार्टफोनको प्रयोगले दिमागलाई छिट्टै थकाउने उनको भनाइ छ। ‘स्मार्टफोन जस्ता टेक्नोलोजीले आँखा र मस्तिष्कलाई स्ट्रेस दिन्छ,’ उनी भन्छन्, ‘प्राकृतिक दृश्य हेर्दा हामीलाई आनन्द लाग्छ। ग्याजेटले त्यो प्रकारको आनन्द दिँदैन।’ आवश्यकताभन्दा बढी प्रविधिको प्रयोगले दिमागलाई एकोहोरो बनाउनुका साथै बालबालिकामा बेचैनी र छटपटी समेत उत्पन्न गराउने उनले बताए।

कतिपय बच्चाले अभिभावकले गाली गर्लान् भनेर लुकीछिपी मोबाइल हेर्ने गरेको मीनाक्षी बताउँछिन्। बच्चाहरूलाई लुकाएर, डराएर, धम्काएर, त्रासमा राख्न नहुने उनको भनाइ छ। ‘बच्चाहरूलाई गाली गर्नुभन्दा सम्झाइबुझाइ गर्नुपर्छ,’ उनी भन्छिन्, ‘त्यो हरेक अभिभावकको कर्तव्य हो।’ प्रविधिलाई मानिसले अपरिहार्यभन्दा पनि जीवनलाई सहज बनाउने साधनका रूपमा लिनुपर्ने उनको भनाइ छ।

धेरै अभिभावकको बेवास्ताले बालबालिकामा मोबाइलको लत बस्ने उनको ठम्याइ छ। ‘घरमा पाहुना आएको बेला बच्चाले दुःख दिए भनेर हामी उनीहरूका हातमा मोबाइल थमाइदिन्छौँ,’ मीनाक्षी भन्छिन्, ‘यो एकदमै गलत हो। बिस्तारै हामी आफैँले बच्चालाई आफूबाट टाढा लैजाँदैछौँ।’

‘रिल्याक्सिङ प्यारेन्ट्स’

पाठक अहिलेका अभिभावक ‘रिल्याक्सिङ’ भएको बताउँछिन्। ‘अहिलेका अभिभावक सोखिन खालका छन्,’ उनी भन्छिन्, ‘आफू आनन्दले बस्न रुचाउँछन्। बच्चाहरूसँग झर्को मान्छन्। अहिलेका आधुनिक आमाबुवालाई त बालबच्चा कसरी हुर्काउने भन्ने ज्ञानै छैन।’ हिजोको जस्तो बच्चा हुर्काएको पाराले अहिले नहुने उनी बताउँछिन्। ‘समय परिवर्तनशील छ,’ उनी भन्छिन्, ‘एउटा कोठाभित्र बसेर मोबाइल मात्र चलाउँदा बालबच्चा बाहिरी संसारबाट टाढा हुन्छन्। उनीहरूमा बाहिर गएर प्रतिस्पर्धा गर्ने क्षमतामा ह्रास आउँछ। मोबाइलले उनीहरूको सिर्जनात्मक क्षमता खोसिदिन्छ।’

अहिलेका स्कुले केटाकेटीमा एटेन्सन डिफिसिट हाइपरएक्टिभ डिसअर्डर (एडीएचडी) को समस्या धेरै भएको डा. पाठक बताउँछिन्। यस्तो समस्या भएका बच्चाहरू टोलाएर बस्ने, ध्यान केन्द्रित गर्न नसक्ने हुन्छन्। यसको प्रमुख कारण स्मार्टफोन भएको उनी बताउँछिन्। ‘मेरो बच्चाले नेट चलाउन जान्यो, अंग्रेजी बोल्न जान्यो, राइम्स जान्यो भनेर अभिभावक मख्ख पर्छन्,’ उनी भन्छिन्, ‘स्मार्टफोनले बच्चा स्मार्ट भयो भन्नु उनीहरूको भ्रम हो। वास्तवमा ‘टेक्नोलोजी’ स्मार्ट भएको हो, बच्चा स्मार्ट भएका होइनन्।’ समय र परिस्थितिसँग लड्न सक्ने क्षमतालाई मात्र उनी ‘स्मार्ट’ ठान्छिन्। ‘हाम्रा केटाकेटी त पाँच÷दश जनाको जमातमा कही बोल्न सक्दैनन्,’ उनी भन्छिन्, ‘हक्क न बक्क पर्छन्।’ बच्चाहरूलाई दिनमा १५ मिनेटभन्दा बढी स्मार्टफोनसँग रहन दिनु अत्यन्त घातक हुने डा. पाठकको भनाइ छ।

कमजोर हुँदै सम्बन्ध

काठमाडौँ, बालाजुका विकल राईको पनि आम अभिभावकको जस्तै गुनासो छ। उनलाई पनि आफ्नो छोरा रविनलाई मोबाइल नदिई सुख छैन। परिवारमा श्रीमती र आफू दुवै काम गर्ने भएकाले छोरालाई भुलाउन मोबाइल दिन बाध्य भएको उनी बताउँछन्। ‘हामी बुढाबुढी दुवै जना काममा हिँड्छौँ,’ उनी भन्छिन्, ‘छोराको साथी त्यही मोबाइल भएको छ। गाउँमा भए पो बाआमाले रेखदेख गर्देलान् भन्ने आश हुन्थ्यो।’ समाजशास्त्री मीना उप्रेती मोबाइल फोनको लतको अर्को मुख्य कारण एकल परिवारलाई मान्छिन्।

भन्छिन्, ‘अहिलेका बच्चाहरू आफ्ना हजुरआमा/हजुरबुबाबाट टाढा छन्।’ विशेष गरी एकल परिवारमा ‘मोबाइल कल्चर’ हाबी भएको उनको अनुभव छ। ‘यो परिवारिक संरचनाले ल्याएको परिवर्तन पनि हो,’ उनी भन्छिन्, ‘जसले निकै ठूलो समस्या निम्त्याएको छ। हिजो संयुक्त परिवार थियो। केटाकेटीहरू आफ्नो हजुरआमा/हजुरबुबासँग खेल्थे, रमाउँथे। अहिले मोबाइलसँग रमाउँछन्।’ स्मार्टफोनजस्ता प्रविधिले सम्बन्धहरू बिस्तारै टुक्य्राउन र कमजोर बनाउन थालेको उनी बताउँछिन्।

लत लाग्न नदिन के गर्ने ?

मनोचिकित्सक विश्वबन्धु शर्मा प्रविधिलाई मानिसले नियन्त्रणमा लिनुपर्ने बताउँछन्। ‘जब प्रविधिले हामीलाई नियन्त्रण गर्न थाल्छ, त्यहाँ विकृति सुरु हुन्छ।’ उनी बालबालिकालाई स्मार्टफोनबाट टाढा राख्न पर्याप्त मात्रामा खेल सामग्रीको व्यवस्था गर्नुपर्ने बताउँछन्। भन्छन्, ‘उनीहरूलाई खेलाउनुपर्छ। कहिलेकाहीँ घुमाउन लैजानुपर्छ। उनीहरूलाई पर्याप्त समय दिनुपर्छ। उनीहरूले गर्न सक्ने काम अह्राउनुपर्छ।’

Related Articles

Back to top button
Close