रोचक

यसकारण भोलीको सरस्वती पूजा निकै विशेष !

भोलि अर्थात् माघ १६ मा यसवर्षको वसन्त पञ्चमी परेको छ । साधारणतया पञ्चमीबाट वसन्त ऋतुको सुरुवात हुने मान्यता राखिन्छ तर वास्तवमा पछिल्लो हजार वर्षदेखि कहिले पनि वसन्त पञ्चमीदेखि वसन्त ऋतुको सुरुवात भएको छैन । यसपटक पनि १६ गते वसन्त पञ्चमी परेको छ तर वसन्त ऋतुको आगमन भने फागुन १ बाट हुनेछ ।यसपटकको सरस्वती पूजा निकै विशेष मानिएको छ ।

ज्योतिषको दृष्टिकोणबाट हेर्ने हो भने पञ्चमी तिथिबाट ६ राजयोगसहित ७ शुभ योगको निर्माण भइरहेको छ । यसदिन किनमेल, मांगलिक कार्य, व्यापार र विद्या आरम्भसहित समग्र शुभ कामका लागि यो निकै राम्रो संयोग हो । सनातन परम्परामा वसन्त पञ्चमीबाट बालबच्चालाई पहिलो पटक विद्यालय पठाएर विद्यारम्भ संस्कार सिकाइन्छ ।

बनारस हिन्दु विश्वविद्यालयका ज्योतिषाचार्य पं. गणेश मिश्राका अनुसार प्राचिन कालदेखि सूर्य मीन वा मेष राशिमा प्रवेश गर्दा वसन्तु ऋतु मनाइन्छ । तर पछिल्लो हजार वर्षमा वसन्त पञ्चमीमा कहिले पनि वसन्त ऋतुको सुरुवात भएको छैन । अर्थात्, वसन्त पञ्चमी कहिले पनि वसन्त ऋतुबाट सुरु भएको छैन । यो पर्व सरस्वती पूजाका लागि महत्वपूर्ण मानिन्छ । यस दिन सरस्वती प्रकट हुने मान्यता राखिन्छ ।तिषाचार्य गणेश मिश्राका अनुसार यो वर्ष वसन्त पञ्चमीमा सूर्य र बुधबाट मिलेर विद्या योग बनिरहेको छ । यसबाहेक अन्य ६ राजयोग पनि बनिरहेको छ ।

जसका कारण ज्योतिषको दृष्टिकोणबाट पनि वसन्त पञ्चमी पर्व निर्क विशेष रहेको छ । वसन्त पञ्चमी विद्या योग बन्दा विद्यारम्भ संस्कार महत्वपूर्ण हुनेछ । त्यसकारण जो आमाबुवाले आफ्ना सन्तानको शिक्षा सुरु गर्न चाहन्छन्, यो वसन्त पञ्चमी उनीहरुका लागि विशेष फलदायी हुनेछ । यस्तै, ६ राजयोग बन्दा किनमेल वा कुनै पनि मांगलिक कार्य गर्न पनि शुभ दिन रहनेछ ।

भोलि अर्थात् माघ १६ मा यसवर्षको वसन्त पञ्चमी परेको छ । साधारणतया पञ्चमीबाट वसन्त ऋतुको सुरुवात हुने मान्यता राखिन्छ तर वास्तवमा पछिल्लो हजार वर्षदेखि कहिले पनि वसन्त पञ्चमीदेखि वसन्त ऋतुको सुरुवात भएको छैन । यसपटक पनि १६ गते वसन्त पञ्चमी परेको छ तर वसन्त ऋतुको आगमन भने फागुन १ बाट हुनेछ ।यसपटकको सरस्वती पूजा निकै विशेष मानिएको छ ।

ज्योतिषको दृष्टिकोणबाट हेर्ने हो भने पञ्चमी तिथिबाट ६ राजयोगसहित ७ शुभ योगको निर्माण भइरहेको छ । यसदिन किनमेल, मांगलिक कार्य, व्यापार र विद्या आरम्भसहित समग्र शुभ कामका लागि यो निकै राम्रो संयोग हो । सनातन परम्परामा वसन्त पञ्चमीबाट बालबच्चालाई पहिलो पटक विद्यालय पठाएर विद्यारम्भ संस्कार सिकाइन्छ ।

Related Articles

Back to top button
Close