News

मासु बोकेर जापानको यात्रा गर्दा २ नेपालीलाई पर्यो भारी, ३ वर्षे भिसा रद्द गरेर फर्काइयो नेपाल

टोकियो । सुकुटी र आलो मासु बोकेर जापानको विमानस्थलमा ओर्लिएका २ जना नेपालीलाई जापानको अध्यागमनले भिसा रद्द गरेर नेपाल फर्काइदिएको छ । जापानले विमानस्थलमार्फत आफ्नो देशमा ल्याउन प्रतिबन्ध लगाएका वस्तु ल्याएको भन्दै उनीहरुको भिसा रद्द गरेको हो ।

चितवन घर भएका भट्टराई थरका ती दुई नेपाली बाबुछोरा हुन् । उनीहरुलाई ३ वर्षको भिसा दिइएको थियो जुन रद्द भएको छ ।

दुईमध्ये छोरा पहिल्यैदेखि जापानमा थिए । अहिले विदामा नेपाल गएर आफ्ना बाबुलाई पनि साथैमा लिएर आएका थिए । उनीहरु जापानको नारिता विमानस्थलमा ल्याण्ड गरेपछि चेकजाँचको क्रममा प्रतिबन्धित वस्तुसहित समातिएका थिए । उनीहरुलाई जनवरी २६ मा विमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको थियो ।

आफ्ना पितालाई जापान घुमाउन लिएर आएका भट्टराई २६ तारिख साँझ ड्रागन एयरको विमानबाट नारिता बिमानस्थलमा ओर्लिएका थिए । विमानबाट सामान्य अवस्थामा ओर्लिएर आवश्यक सोधपुछ र भिसा चेकजाँच समेत पार गरेर भट्टराईले आफ्नो लगेज समेत पाइसकेका थिए ।

विमानस्थलबाट बाहिरिएर रेल चढ्न जान लागेका बाबुछोरालाई विमानस्थलको बाहिरी भागमा चेकजाँच गर्ने अधिकारीले सोधपुछ गरेका थिए ।

सोधपुछमा भट्टराई बाबुछोराले झुट बोलेको भए पनि सुरक्षाकर्मीलाई शंका लागेपछि लगेज खोलेर जाँच गर्दा तीनवटा सुटकेसमा गरी करिब ३ किलो सुकुटी र ३ किलो जत्तिनै आ लो मासु भेटिएको थियो । चे कजाँचम हरियो खुर्सानी, धु लो खुर्सानी लगायत अन्य खानेकुरा समेत सुटकेसमा भेटिएको थियो । यी वस्तुहरु जापान लैजान प्रतिबन्धित छन् ।

तपाई जापान जाँदै हुनुहुन्छ ? यस्ता काम विर्सेर पनि नगर्नुस्

कुनै पनि देशको सामाजिक मुल्य मान्यता तथा नियमहरु विश्वव्यापी हुन्छन् भन्ने हुँदैन, तर, तपाई चाँडै घुलमिल हुन चाहानुहुन्छ भने त्यहाँको नियम, संस्कार, संस्कृति, भेषभूषाको बारेमा जान्न आवश्यक हुन्छ । हामी यहाँ तपाईलाई जापानमा गर्न नहुने यस्ता १० कुरा बताउँदैछौ, जसले जापान घुम्न वा जापान बस्न जानेलाई सहयोग पुग्छ ।

१. घरभित्र जुत्ता मनाही

जापानमा घरभित्र जुत्ता नपसाउनु भए राम्रो हुन्छ । जापानी नागरिकलाई बाहिरको फोहोर घरभित्र पसेको मन पर्दैन । प्रायजसो सबै घरमा ‘जेन्कान’ भनिने एउटा सानो जुत्ता राख्ने ठाउँ बनाइएको हुन्छ । घरभित्र पाहुना तथा परिवारका सदस्यका लागि ‘स्लिपर’को व्यवस्था गरिएको हुन्छ ।

२. ट्वाइलेटमा स्लिपरको प्रयोग

घरभित्र ट्वाइलेटमा ट्वाइलेटकै ‘स्लिपर’ प्रयोग गर्नुपर्छ । अन्य कोठामा प्रयोग गरिने ‘स्लिपर’(चप्पल) ट्वाइलेटमा पुर्याउने गल्ति नगर्नुहोस् ।

३. आधुनिक ट्वइलेटको आशा

जापानमा आधुनिक ट्वाइलेटको आशा नराख्नु भए राम्रो हुन्छ । यहाँ परम्परागत ट्वाइलेटको बढी प्रयोग हुन्छ । त्यस्तै, ट्वाइलेट पेपरको निकै कम प्रयोग हुन्छ । त्यसैले, जापानमा ट्वाइलेट जाँदै हुनुहुन्छ भने, टिस्यु–पेपर अवश्य बोकेर जानुहोस् ।

४. नुहाउँदा फोहोर नफाल्ने

जापानमा स्नान गर्नुलाई सफा हुनु भन्ने बुझिँदैन । जापानमा ‘आफोरो’ भनिने पानीले भरिएको भाडामा डुब्नुलाई नुहाउँनु मानिन्छ । तर, त्यस पानीको भाडामा पस्नअघि नजिकैको धारोमा साबुनले शरीरको मैलोलाई फाल्नु भए राम्रो हुन्छ । किनकि ‘ओफोरो ट्युव’मा फोहोर गर्न पाइदैन । सम्भवत, तपाईपछि अर्कोको पालो स्नान गर्नुपर्ने हुनसक्छ, त्यसैले तपाईले नअल्मलिनु भए राम्रो हुन्छ ।

५. बोटामो हिड्दा खाने वा पिउने नगर्नुहोस्

जापानमा तपाईले कही पनि हिडिहेका बेला खाँदै, चपाउँदै वा पिउँदै हिडेको देख्न सक्नुहुन्न । खाना खानअघि ‘इटाडोकीमासु’ प्राथना अथार्त् ‘म विनम्रताका साथ लिन्छु ’ भनिन्छ । यहाँ खानाको निकै इज्जत गरिन्छ भन्ने बुझ्नुहोस् ।

६. भातमा अचार नमिसाउनुहोस्

जापानको भात गीलो माड जस्तै हुन्छ । यस खानामा अचारलाई सिधै नखन्याउनुहोस् । यदि त्यहाको नागरिकले तपाई आफ्नो कचौरालाई नुनिलो अचारले भिजाउनुभएको देखेमा डर लाग्दो, घिन लाग्दो देख्नेछन् । यद्यपी, तपाई ‘टोफू’मा सोया अचार खन्याएर खानुभए राम्रै मानिन्छ, तर भातमा नहाल्नुहोस् ।

७. चपेस्टिकको दुरुपयोग नगर्नुहोस्

जापान जानअघि तपाई चपेस्टिकको प्रयोग कसरी गर्ने भनेर सिकेर जानुभयो भने राम्रो हुन्छ । यदि सिक्नुभएको छ भने ठिकै छ । चपेस्टिकले खानालाई सोहर्न प्रयोग नगर्नुहोस् । चपेस्टिकले थोरै मात्रै खानेकुरा तान्ने, घोप्ने काम गर्नुहोस् र चपेस्टिकले आफूतिर परिकारलाई ठेल्न प्रयोग नगर्नुहोस् । चपेस्टिकको टुप्पोलाई चुस्ने वा चाट्ने नगुर्नहोस् तथा चपेस्टिकलाई क्रस नबनाउनुहोस् ।

८. आफ्नो पेय पदार्थ आफैँ नखन्याउनुहोस्

जापानमा मदिरालाई सामाजिकिकरणको बलियो साँचोको रुपमा लिइन्छ, जहाँ साथीभाई बसेर एक–अर्काका लागि मदिरा खन्याइदिने चलन छ । त्यसैले, अर्कोलाई खन्याइदिए जस्तो हाउभाउ देखाउन नबिर्सनुहोस् ।

९. बक्सिस नदिनुहोस्

जापानमा बक्सिस दिनुलाई राम्रो व्यवहार मानिँदैन । जापानमा बक्सिसलाई अपमानको रुपमा लिइन्छ । सेवा प्रदायक जस्तै, वेटर, ट्क्सी ड्राइभरआदिले पनि राम्रै तलब पाउँछन् र उनीहरु बक्सिस वा बोनसको आशा राख्दैनन् ।

१०. छातीतिर देखाएर म नभन्नुहोस्

फरक – फरक नागरिकबीच शारीरिक हाउभाउलाई मौखिक भाषाको रुपमा लिन सकिन्छ । त्यस्तै, हामी आफूलाई देखाउँदा छातीतिर औल्याउँछौ । तर, जापानमा नाकमा औँल्याएर आफूलाई देखाउँछन् ।

Related Articles

Back to top button
Close