News

नेविसंघकी चर्चित नेतृ पार्वती अधिकारीको निधन

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् नेपाल विद्यार्थी संघ (नेविसंघ)की पूर्व नेतृ पार्वती अधिकारीको अष्ट्रियामा निधन भएको छ ।

उनको क्यान्सरका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

त्रिभुवन बहुमखी क्याम्पस तानसेन पाल्पामा २०५५ देखि ५७ सम्म उनी स्ववियूको कोषाध्यक्ष समेत भएकी थिइन् ।

२०३२ सालमा पाल्पाको रामपुरमा जन्मिएकी अधिकारी पाँच दाजुभाई र ३ दिदीबहिनीमध्येकी एक हुन् ।

काठमाडौंको स्वयम्भूमा घर भई हाल अष्ट्रियामा उनी परिवारसहित बस्दै आएकी थिइन् ।

श्रीमान् र दुई छोरा अनुपम र आयुष हाल अष्ट्रियामा नै बस्दै आएका छन् ।

नेविसंघकी नेतृ अधिकारीको अन्त्यष्टि अष्ट्रियामा नै माघ १७ गते गर्ने तयारी छ ।

अष्ट्रियामा जर्मनी भाषामा उच्च शिक्षा हासिल गरेकी अधिकारीले वोकु विश्वविद्यालयमा वायो टेक्नोलोजीमा पनि स्नातकोत्तर गरेकी थिइन् ।

पाल्पाको तानसेनमा रहेको मुक्तिनाथ एफएममा पनि विज्ञान संसार कार्यक्रमको उत्पादक तथा प्रस्तोताको भूमिका निर्वाह गरेकी अधिकारीले अष्ट्रियाको सरकारी स्कुलमा नेपाली भाषा विषय सञ्चालनका लागि पहल गरी संस्थापक शिक्षिका समेत थिइन् ।

‘उनलाई मैले चिन्दा असाध्यै मेहनती, राजनीतिक परिपक्वता पाएको थिएँ’, नेविसंघका नेता योगराज कँडेलले भने, ‘राजनीतिक परिवारबाट आएको हुनाले पनि उनमा त्यो स्वभाव थियो ।’

उनी एक इमान्दार र क्षमतावान त थिइन् नै त्यतिमात्रै नभएर आफ्नो जिम्मेवारी टुंगोमा पु¥याएरै छाड्ने स्वभाव उनको रहेको कँडेल स्मरण गर्छन् ।

Related Articles

Back to top button
Close