News

माघ १६ गते सार्वजनिक बिदा (सूचनासहित)

माघ १६ गते मनाइने सहिद दिवसको अवसर पारी सार्वजनिक बिदा दिने निर्णय भएको छ । बैतडीको दशरथचन्द नगरपालिकाले माघ १६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले सोमवार एक सूचना प्रकाशित गर्दै १६ गते १ दिन नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैतडीमै जन्मेका सहिद दशरथ चन्दको नामबाट नगरपालिकाको नामाकरणसमेत गरिएको छ ।

नेपाली समाजलाई प्रजातन्त्रको बाटोमा हिँडाउन देशका चार सपूतले प्राण आहुति गरेको आज ७७ वर्ष पूरा भएको छ । यी साढे सात दशकमा नेपाली प्रजातन्त्र विभिन्न बाटो हुँदै गणतन्त्रात्मक स्वरूपसम्म आइपुगेको छ । राणाशाहीको निरंकुशता, समाजको बेमेल चरित्र र देशकै विपन्नताले आजित युवाहरूले बडो साहसका साथ थालेको त्यो महान् यात्रामा हामीले के कति योगदान थप्यौं, समयले मूल्यांकन गर्ने नै छ ।

सहिदका सपनाहरू पूरा गर्ने बाटोमा थप सहिद भएकाहरूको योगदानको कति कदर गर्यौं, त्यो पनि समयकै जिम्मा । सामाजिक बनोटमा असमानता र विभेद कायम नै रहेको भने साँचो नै हो । विपन्नता र पराधीनता किन हाम्रो नियति बनिरह्यो, प्रश्न गर्नुपर्ने आजको खाँचो हो । सहिद दिवसको सन्दर्भमा भने ती महान् सहिदसँगै कालकोठरीमा थुनिएर सर्वस्व कैद एवं १८ वर्ष कैद सजाय सुनाइएका युगकवि सिद्धिचरण श्रेष्ठको निबन्ध ।

Related Articles

Back to top button
Close