Videoभिडियो

भ्वाइसबाट बाहिरीएकी बिमोचनाको पहिलो गीत ‘तिमी…’ सार्बजानिक

काठमाडौं / द भ्वाइस अफ नेपाल सिजन २ को ब्याटल राउण्डसम्म पुगेकी दार्जिलिङकी चेली बिमोचना लम्जेलले नयाँ गीत सार्बजानिक गरेकी छिन् ।

‘तिमी’ बोलको भिडियोमा बिमोचनालाई गायिकाको रुपमा देख्न सकिन्छ । गीतको शब्द, संगीत र एरेन्ज उनका दाई अनमोल लम्जेलले गरेका छन् । बिमोचनाले आफ्नो पहिलो अफिसियल गीत आफ्नै दाई सँग गर्न पाउँदा खुशी भएको बताइन् । उनका दाई अनमोल भारतको दिल्लीमा रहेको एक ब्याण्डको गितारिष्ट हुन् ।

बिमोचनाले भ्वाइसमा उनकी आमा डेजी बराईलीको गीत गाएर ब्लाइन्ड अडिसन पार गर्दै त्यही गीतबाट निकै चर्चा पाएकी थिइन् । बिमोचना एक दार्जिलिङमा जन्मेर पनि नेपाली गीतलाई माया गर्ने र केही दिनमा अर्को गीत रेकर्डिङको लागि काठमाडौं आउने बताईन् ।भिडियो :

Related Articles

Back to top button
Close