Videoभिडियो

दिपकराज गिरीले भने आस्था राउतलाई प्रहरीले नचिन्न सक्नु स्वभाविक हो

काठमाडौ । आस्था राउतको एयरपोर्टमा प्रहरीसंग भएको विवादले दुई हप्ता सामाजिक संजाल तात्तियो । आज विहान आस्था प्रहरी सामु आत्मसमर्पण गरेकी छिन् । यहि विषयमा केन्द्रित रहेर नायक तथा निर्माता दिपकराज गिरिले आफुले पनि आस्थाले झैँ प्रहरीबाट दुख पाएको उल्लेख गरेका छन् ।

दिपकराज गिरिका अनुसार प्रहरीले सधै सबै कलाकारहरुलाई चिन्छन् भन्ने जरुरी हुदैन । दिपक भन्छन्, ूभखरै केदार प्रसाद घिमिरे ुमाग्ने बुढाु लाई नचिनेर प्रहरीले पक्रेको थियो र माग्नेले सहर्ष स्वीकार्दै प्रहरी चौकी पुगेका थिए । त्यस्तै आस्था राउतलाई पनि प्रहरीले एयरपोर्टमा नचिन्न सक्छ वा प्रहरी कुनै तनावमा समेत हुन सकेकाले कलाकारलाई सहुलियत दिन नसकेको पनि हुन्छ । आस्थाले त्यत्ति सानो कुरामा त्यस्तो कडा शब्द प्रयोग नगरेको भए हुन्थ्यो । सेलिब्रिटी भए पश्चात आफुले प्रयोग गर्ने शब्द देखि गर्ने व्यवहारमा ध्यान दिनुपर्ने हुन्छ ।

दिपकले मापसेमा परेको कुरा सहर्ष स्वीकार्दै आफ्नो कथा सुनाउदै भने, मैले कमजोरी गरेर मापसेमा पक्राउ परेको थिए । राति ११ बजेको थियो प्रहरी आक्रोशमा आउदा दिपाश्री आक्रोशित समेत भईन । हामी कलाकार भएर हामीलाई कुनै सहुलियत भएन । हामीले गाडि छोडेर हिंड्दै गयौं । अब यो कुरालाई ठुलो बनाउदा हुन्थियो तर कलाकार भनेर ठुलो बन्नु भएन र साथै आफ्नो गल्ति समेत भएको थियो भनेर चुप रहयौ ।

दिपक भन्छन्, ूम संग डिआईजीको नम्बर थियो तर मैले त्यो बेला फोन गरिन । कलाकार हो गल्ति हुन्छ र प्रहरी समेत कति तनाबमा हुन्छन होला भनेर हामीले तल माथिलाई सहर्ष स्विकार्यौं । ट्राफिक प्रहरीको व्यवहारले मेरो आखामा आशु समेत आएको छ ।

दिपकराज गिरिका अनुसार आस्थाले बोलेको सबै शब्द सहि नभए पनि कत्ति कुराहरु सहि समेत छ । प्रहरी सबै ठाउँमा हाम्रो साथी नहुने कुरा समेत उल्लेख गरेका छन् । प्रहरी सबै उस्तै नहुने तर कयौले आफ्नो अधिकारलाई गलत प्रयोग गरेर जनताले दुख पाइरहेका हुन्छौ ।

Related Articles

Back to top button
Close