News

१४ वर्षपछि श्रीमती र छोरा भेट्दा भ’क्का’निए उमेश

साउदी अरेबियामा मृ’त्युद’ण्डबाट जोगिएन स्वदेश फर्किएका धनुषाका उमेश यादवले झण्डै १४ वर्षपछि आफ्ना श्रीमती र छोराहरुलाई भेटेका छन्। स्वदेश फ’र्किएपछि जनकपुर विमानस्थलमा ओ’र्लिएका उमेशले श्रीमती र परिवार देख्दा आफूलाई स’म्हाल्न सकेनन्। श्रीमती सञ्जु उस्तै भाव’विह्वल बनिन् र छोराहरुको आँ’खामा समेत आँ’शु था’मिएन।

१३ वर्ष बढी समय पर्खाइमा बिताएकी उमेशकी श्रीमती सञ्जु आफ्ना दुई छोराहरु कमलेश र हितेशसँगै जनकपुर विमानस्थलमा उनलाई प’र्खिरहेका थिए। उनीसँगै उमेशका भतिजाहरु, जेठो साढु राजकरण यादव, सासू दुर्गीदेवी र आफन्तजन समेत उमेशको स्वागतका लागि विमानस्थल पुगेका थिए।

उमेश झ’र्नुअघि नै विमानस्थल पुगेकी श्रीमती सञ्जुले भनिन्, ‘श्रीमान् आइपुग्नुभयो, योभन्दा ठूलो केही छैन।’ अब श्रीमानसँगै बसेर छोराहरुलाई पढाउने उनको अबको योजना छ।

१७ दिनको छोरा छोडेर विदेशिएका थिए उमेश
उमेश १३ वर्षअघि अर्थात् सन् २००६ मा साउदी अरेबिया जाँदा छोरा हितेश १७ दिनको मात्रै थिए। जेठा छोरा कमलेश यादव चार वर्ष पुगेका थिए। उमेश विदेश गएपछि जे’लमा परे। श्रीमती सञ्जु यादव माइत गइन्।

उमेशको घर धनुषाको कमला नगरपालिका ५, पर्सामा हो। ससुरालीचाहिँ सिरहाको कर्जन्हा नगरपालिका ७, मरेवा टोल हो। सञ्जु माइतमा ८ वर्ष बसिन्। छोराहरु दुवैलाई माइतमै लगिन्। सञ्जु त्यतिबेलाको अवस्था सम्झि’न्छिन्, ‘सासूससुराले बस्छौ भने बस माइत जान्छौ भने जाऊ भने, त्यसपछि छोराहरु लि’एर माइत गएँ।’

छोरा पढाउन मजदुरी- माइतमा ८ वर्ष बसेपछि छोराहरुलाई पढाउन सम’स्या भयो। त्यहाँबाट धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा आफ्नो भिनाजु राजकरण यादव थिए। उनी त्यहीँ बस्नथालिन्। मजदुरको काम गरिन्। दुवै छोरालाई पढाउन थालिन्।

अहिले जेठो छोरा १७ वर्ष र कान्छो १३ वर्षका छन्। कमलेश अहिले कक्षा ८ मा महेन्द्रनगरकै प्रगति शिशुसदन बोर्डिंग स्कुलमा पढ्छन्। हितेशचाहिँ सरस्वती बोर्डिंग स्कुलमा कक्षा ३ मा पढिरहेका छन्।

अरुले ‘श्रीमान् म’रिसक्यो’..भनेको सुन्दा
उमेश जाँदा विदेशमा पाकिस्तानी नागरिकको ह’त्या आ’रो’पमा पक्रा’उ परेपछि मानिसहरुले उनकी श्रीमतीलाई उमेशलाई पनि मा’रि’दि’यो भन्ने कुराहरु सुनाउनथाले। त्यसपछिको ६ वर्ष उमेश र सञ्जुबीच कुनै स’म्पर्क नै हुन सकेन। त्यसपछि घरपरिवारले पनि आशा मा’र्नथाले।

तर सञ्जुलाई श्रीमान् जी’वितै रहेको आशा थियो। ६ वर्षपछि एक दिन उनलाई उमेशको फोन आयो। लु’कीछि’पी फोन गरेका रहेछन्। उनले फोनमा श्रीमतीलाई भने, ‘म जि’उँदै छु, बच्चाको ख्याल गर्नु, पढाउनु।’ उमेशले धेरै कुरा गरेनन्। आफ्नो चि’न्ता नलिन उमेशले श्रीमतीलाई भनेका थिए त्यतिबेला। त्यसयता उनीहरुबीच वर्ष÷दुई वर्षमा एक पटक बल्लतल्ल फोन हुन्थ्यो। उमेशलाई फाँ’सी दिने पहिलादेखिकै हल्ला छँ’दै थियो। यो कुराले सन्जु, उमेशको परिवारलाई एकदमै पी’डा हुन्थ्यो।

साउदी अरबको जुएल अदालतले फाँ’सी दिन्छ र यो कुरा सार्वजनिक भएपछि जनकपुरका अभियन्ता सरोज राईले पहलकदमी लिए। त्यसपछि उमेशलाई केही राहत भयो। परिवारलाई उमेश बाँ’चेर फर्किने आशा पलायो। उमेशकी सासू दुर्गीदेवीले छोरीलाई सहयोग गर्दै आएको बताइन्। उनले भनिन्, ‘माइतमा समस्या भएपछि महेन्द्रनगरमा सरसल्लाहमै पठाएको हो।’

उमेशवि’रुद्ध सन् २०१८ मे १५ मा साउदी अदालतले मृ’त्युद’ण्ड सुनाएको थियो। सामाजिक अभियन्ता सरोज रायको पहलमा उनले अदालतबाट आममा’फी पाएपछि गत बुधबार उनी काठमाडौं अव’तरण गरेका थिए। आज मात्रै उनी धनुषास्थित घर पुगेका हुन्।

Related Articles

Back to top button
Close