News

थप गम्भीर बन्यो आस्था राउत प्रकरण : ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

काठमाडौ, १३ माघ। गायिका आस्था राउतलाई जिल्ला अदालत काठमाडौंले चार दिन म्याद थप गरेको छ । अब उनी चार दिनसम्म प्रहरी हिरासतमै बस्नुपर्ने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बयान लिएपछि आस्थालाई महानगरी प्रहरी परिसर काठमाडौं लगिएको थियो ।

उनलाई प्रहरीले जिल्ला अदालतमा सोमबार नै अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको थियो । उनीसँग अनुसन्धान गर्नुपर्ने भएकाले प्रहरीलाई थप चार दिन म्याद थप गरिएको हो । महिला प्रहरीसंग विवादमा परेकी गायिका आस्था राउत प्रहरी कार्यालय पुगेकीथिइन् । उनलाई परिवारकै सदस्यले महानगरिय प्रहरी परिसर टेकुबाट जिल्ला प्रशासन कार्यालय लगेका हुन् ।

प्रहरी नियन्त्रणमा रहेकी आस्थाले पत्रकारहरु संग बोल्दै भनिन्, म आज बिहान आफै नै प्रहरी समक्ष आएकी हुँ र आत्मसमर्पण गरेकी हुँ । मैले प्रहरीलाई अनुषन्धानमा सक्दो सहयोग गरिरहेकी छु । कानूनी रुपमा जे हुन्छ म बेहोर्न तयार छु ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएपछि प्रहरीले उनलाई खोजी गरेको थियो । विमानस्थलको सुरक्षा जाँचका क्रममा गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान श्रेष्ठले उजुरी दिएकी थिइन् ।

Related Articles

Back to top button
Close