News

नेपालमा पहिलो पटक फेला पर्यो दुई टाउके करेत सर्प

काठमाडौं, १३ माघ । नेपालमा पहिलोपटक दुई टाउके करेत सर्प फेला परेको छ । सर्प अनुसन्धानकर्ता कमल देवकोटाको समुहले यस्तो सर्प फेला पारेको जनाएको छ । उनी लामो समय देखि सर्प अनुसन्धानमा लागिरहेका छन् ।

सन् २०१८ मा दुई टाउके सर्प पत्ता लागेको भएपनि त्यसको बारेमा विस्तृत अनुसन्धान पछि मात्र प्रमाणित गर्ने आधार सहित लेख प्रकाशन भएको हो । रुपेन्देहीको बुटवलका देवकोटाले सो कुरा पुष्टि गरेका हुन् । यससम्बन्धी अध्ययन सकाएर दिएको लेख आठ महिनापछि प्रकाशित भएको उनले बताए ।।

देवकोटा र उनको समूहले अध्ययन अनुसन्धान गरी तयार पारेको सर्पसम्बन्धी लेख रेप्टाइल एण्ड एम्फिबियन कन्जरभेसन जर्नल (सरिसृप र उभरचर संरक्षण) जर्नलमा प्रकाशन भएको छ।

यो प्रकाशन अमेरिकावाट प्रकाशित हुँदै आएको छ । उनले यस्तो अनौठो सर्प नवलपुर जिल्लामा भेटिएको बताएका छन् । जुद्धबिर श्रीष मगरले आफनो घरमा देखेको अनौठो करेत सर्प कालिगण्डकी अस्पतालमा लगेका थिए।

करेत प्रजतिको दुई टाउको भएको सर्प नेपालमा पहिलो पटक फेला परको हो । विश्वमा भने ६१ वर्ष अघि देखिएको थियो । यस अघि दुई टाउके करेत सर्प भारतको उत्तर प्रदेशमा सन् १९५७ मा भिआर झाको समूहले फेला पारेका थिए। नेपालमा यो भन्दा अगाडी पानी सर्प दुई टाउके देखिएको थियो । दुई टाउके सर्प जेनोक्रोफिस पिस्केटर (पानी सर्प) सर्पबिज्ञ करणबहादुर शाहको समूहले सन् १९८३ मा फेला पारेका थिए। उक्त सर्पको नमुना काठमाडौंको प्राकृतिक विज्ञान संग्राहलयमा राखिएको छ।

Related Articles

Back to top button
Close