News

अभिनेता प्रदीप गहिरो प्रेममा रहेको,हेर्नुहोस पुरा जानकारी

अभिनेतामा अहिलेका हटकेक प्रदीप खड्का आफ्नो जोडीप्रति प्रेम भाव व्यक्त गर्न सामाजिक सञ्जालमा बाक्लै आफ्नो तस्विरसहित प्रेमिल शब्द लेखेर पोस्ट्याइरहेका हुन्छन् । सोमबार इन्स्टाग्राममा आफ्नो एक तस्विर साझेदार गर्दै उनले लेखेका छन्, ‘जब उनी भन्छिन् कि तिमी पागल हौं, म तिम्रो लागि भएको हुँ भन्छु ।’यसबाट अभिनेता प्रदीप कसैको गहिरो प्रेममा रहेको बुझ्न सकिन्छ । आफू सिंगल रहेको बताउन नछाड्ने उनले इन्स्टाग्रामको माध्यमबाट आफू कसैको प्रेममा पागल समेत भएको भन्न खोजेका छन् । चलचित्र ‘लिलिबिली’ र ‘लभ स्टेशन’ रिलिजताका अभिनेता प्रदीप अभिनेत्री जसिता गुरुङको प्रेममा रहेको चर्चा थियो ।

तर, उनीहरुले प्रेम सम्बन्ध कहिल्यै स्वीकार गरेनन् । यी दुईले आफूहरुबीच साथीभन्दा माथिको सम्बन्ध नभएको भन्दै रेडिमेड जवाफ फर्काइरहे । ‘लभ स्टेशन’ को असफलतापछि भने प्रदीप र जसिताको ब्रेकअप भएको चर्चा छ । यस विषयमा पनि दुवै मौन छन् ।प्रदीप गएको ६ महिनायता चैत २८ गते प्रदर्शन हुने चलचित्र ‘प्रेमगीत ३’ को काममा व्यस्त छन् । अब केही प्रतिशत मात्र छायांकन हुन बाँकी यो चलचित्रमा उनी तेस्रो पटक ‘प्रेम’ बनेर दर्शकमाझ आउँदैछन् । चलचित्रमा उनको जोडी नव अभिनेत्री क्रिस्टिना गुरुङसँग बाँधिएको छ ।

Related Articles

Back to top button
Close