News

अब हजारको नेपाली नोटमा यस्तो चित्र आउदैँछ, थाहा पाईराख्नुहोस् है !

अब हजारको नोटमा दुईवटा हात्ती भएको चित्र राखिने भएको छ । अहिले प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने निर्णय गरेको हो ।

’अहिले हजारको नोटमा एउटा हात्तीको तस्बिर देखिन्छ । अब त्यहि ठाउँमा नेपाली हात्तीको तस्बिर राखिने निर्णय भएको हो,’ नोट डिजाइनर सुन्दर श्रेष्ठले हजारको नोट देखाउँदै भने । जुम्ल्याह हात्तीको चित्र समावेश हजारको नोट ४ महिनाभित्र छापिएर आउने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

’जुम्ल्याह हात्तीको चित्र समावेश हजारको नोट अब ३ देखि ४ महिनाभित्रमा छापिएर आउँछ,’ प्रवक्ता भट्टले भने, ’नोटमा नेपालमै पाउने हात्तीको चित्र राख्नुपर्छ भनेर नोट डिजाइन कमिटीले पास गरेपछि त्यो अनुसार राष्ट्रिय प्रकृति संरक्षण विभाग, वन्यजन्तु तथा संरक्षण विभागले उपलब्ध गराएको चित्रलाई आधार बनाएर नोटको डिजाइन भएको हो । नोट छपाईमा पनि गइसकेको छ ।’

प्रचलनमा रहेको हजारको नोटमा समावेश हात्ती कुन मुलुको भनेर अझै यकिन भइसकेको छैन । कतिले उक्त हात्ती अफ्रिकी मुलको जस्तो देखिने आंकलन गरेका छन् ।

६र७ वर्षदेखि नोटमा जनावरहरु फेरिएका छन् । पाँचको नोटमा दुईवटा याक समावेश थिए । अहिले एउटा मात्र याक छ । पाँच सयको नोटमा दुईवटा बाघ थिए, अहिले चितवन राष्ट्रिय निकुञ्जको एउटामात्र बाघ राखिएको छ । सयको नोटमा पहिले एउटा गैंडाको तस्बिर भएकोमा अहिले यसमा माउ र बच्चा गैंडाको फोटो छ। अब हजारको नोटमा पनि जुम्ल्याह हात्ती देखिने भएको हो ।

यो हो गरीबीलाई १ सेकेण्डमै चट् पार्ने र धनी बन्ने उपाय !

वास्तवमा मानिस जति धनी बन्दै गयो उति नै उसलाई अझ बढी धनी बन्ने इच्छा जागेर आउँछ । नेपालको सन्दर्भमा मात्र होइन विश्वभर नै धनी र गरीबबीच एउटा अचम्म किसीमको दूरी छ । मानिसहरु गरिब भएकै कारण आफूलाई अभागी र असफल ठान्छन् । तर, वास्तवमा त्यसो होइन । भगवान गौतम बुद्धले एक ब्यक्तिको ‘म कसरी गरीब भएँ’ भन्ने प्रश्नमा दिएको उत्तरले तपाईंलाई लाग्नेछ कि वास्तवमै हामी कति धनी रहेछौँ र तपाईंको गरीबी एकै छिनमा हटेर जानेछ ।

प्राचिन कालका पुस्तकलाई आधार मान्ने हो भने गौतम बुद्ध नेपालको तिलौराकोटमा बुद्धत्व प्राप्त नभएपछि भारतको बोधगयामा बुद्धत्व प्राप्त गर्न गए । त्यहाँ उनले बुद्धत्व प्राप्त गरेपछि आफूले पाएको ज्ञान सबैलाई बाँड्न थाले । सोही क्रममा एक गरीबले बुद्धसँग आफू किन गरीब भएको भन्दै प्रश्न गरे ।

त्यसक्रममा बुद्धले भने, ‘तिमीले कहिले कसैलाई केही दिएका छेनौँ, त्यसैले तिमी गरीब भएका हौँ ।’ प्रश्न सोध्ने गरिब किसान अचम्ममा पर्यो र आफूसँग अरुलाई दिने केही नभएको बरु सााझ बिहानको छाक टार्न गाह्रो भएको कुरा बुद्धलाई सुनायो ।

त्यत्तिकैमा बुद्धले मुस्कुराउँदै जवाफ दिए, ‘तिमीले आफ्नो अनुहारबाट कसैलाई पनि मिठो मुस्कान दिन सक्छौँ । तिमीसँग दुई हात छ आवश्यक पर्दा सघाउन सक्छौँ । तिमीसँग मुख छ मिठो बोल्न र कसैको प्रशंसा गर्न सक्छौँ । अनि तिमी कसरी गरीब भयौँ । गरीबी तिम्रो मनमा छ । जब मनबाट यो भ्रम हटाउनेछौँ तब तिम्रो गरीबी पनि आफै हटेर जानेछ ।’

कसरी बन्ने रातारात धनि ? यी कुरामा ध्यान दिनुहोस् !

पैसाको आवश्यकता सबैलाई पर्छ । अनि संसारमा सबैको चाहना हुन्छ कसरी धेरै पैसा कमाउने ? अझ हाम्रो समाजमा त पैसा कमाउन सकेन भने उसलाई असफलको संज्ञा दिइन्छ ।

त्यसैले हरेकले पैसा कमाउने जुक्ति खोजिरहका हुन्छन । यहाँ हामीले केही तथ्य उल्लेख गरेका छौं । जुन फलो गर्नु भयो भने पैसा कमाउन सहज हुनेछ । यस्ता छन् पैसा कमाउने तरिकास्

महत्वकांक्षी बन्नुहोस र सपना देख्नुहोस:

कुनैपनि काम गर्नका लागि पहिले सपना देख्नु आवश्यक हुन्छ । त्यसैले तपाईं पनि पैसा कमाउन चाहनु हुन्छ भने आजैबाट सपना देख्न सुरु गर्नुस । जसले सपना देख्छ जो महत्वकांक्षी बन्छ उसले मात्रै समाजमा मान, प्रतिष्ठा र पैसासमेत कमाउन सक्छ ।

क्षमताको पहिचान गर्नुहोस:

शुरुमा तपाईंले आफुलाई चिन्नु जरुरी छ । त्यसैले तपाईं पहिले आफ्नो क्षमताको पहिचान गर्नुहोस् । र त्यसैअनुसार काम गर्नुहोस्, त्यसले तपाईंलाई सफलताको शिखरमा पुग्न सहयोग गर्छ । तपाईंले मनदेखि नै गरेको काम तथा क्षमताको पहिचानले मात्रै तपाईले खोजेको सफलता हासिल गर्न सक्नुहुन्छ ।

कडा परिश्रम गर्नुहोस:

यो कुरा बुझ्नुस् कि बिना परिश्रम सफल हुन सहज छैन । त्यसैले मेहनत गर्नुहोस्, निरन्तर परिश्रम गर्नुहोस् । एक दिन तपाईं सफल बन्नु हुनेछ । र पैसा आफैं तपाईंको पछि दौडनेछ ।

कुनै काम सुरु गर्नुहोस:

तपाईं चुप लागेर बस्नु भयो भने पैसा कमाउन सक्नुहुन्न । त्यसैले तपाईंले कुनैपनि कामको जोखिम मोल्नै पर्छ । त्यसैले काम सुरु गर्नुहोस् र त्यसलाई निरन्तरता दिनुहोस् ।

अन्य तरिका:

त्यसो त पैसा कमाउन कसलाई मन लाग्दैन र ? तर दुई नम्बरी धन्धा नगरी सजिलै पैसा कमाउन सकिन्छ र ? भन्नेहरु पनि नभएका होइन्, तमाम भेटिन्छन् बजारमा । उनीहरुका लागि जवाफ दिन सकिन्छ ।

अर्काको देखासिकी गरेर पैसा खर्च नगर्नुस् । पैसा उडाउने खालका साथी छन् भने तिनीहरूको संगत छोडिदिनुस् । तपाईंको पैसामा अरूलाई किन मोज गराउनुुहुन्छ ? पैसा बचाउनु पनि पैसा कमाउनु नै हो ।

आफूलाई चाहिने कुरा मात्र किन्नुस् । जे किन्दा पनि अत्यन्त आवश्यक छन् कि छैनन् भनी विचार गर्नुपर्छ । केही नयाँ कुरा सिक्नुस् । आफूसँग भएका क्षमता तिखार्नुस् । यसरी नयाँ कुरा सिकेपछि तपाईंले पैसा पनि कमाउन सक्नुहुन्छ । मानौं तपाईंले चित्रकला सिक्नुभयो रे, त्यो बेचेर पैसा आउँछ ।

आजकल सामाजिक सञ्जालबाट पैसा कमाउन सकिन्छ । आफ्नै युट्युब च्यानल खोल्नुस् र क्रिएटिभ भिडियो अपलोड गरेर मोनेटाइज गर्नुस् । तपाईं प्रसिद्ध पनि हुनुहुनेछ अनि धनी पनि ।

घरमा भएका पुराना सामान बेचिदिनुस् । घर भरिने गरी सामान थुपार्नुको के अर्थ ? सामान बेच्दा पैसा पनि हुने, घर पनि सुन्दर देखिने । कमाइभन्दा कम खर्च गर्नुस् । आमदानी अठन्नी, खर्चा रुपैयाँ गरेर काम छैन । क्रेडिट कार्डको लत जति छिटो छुट्यो, त्यति राम्रो ।

वर्षै्पिच्छे तलब बढ्ला भनेर आश गर्नुभयो भने तपाईं कहिल्यै धनी हुन सक्नुहुन्न । त्यसैले राम्रो तलब दिने जागिरको खोजी गर्दै अफिस छिटोछिटो बदल्नुस ।

Related Articles

Back to top button
Close