Video

इन्द्रेणिमा रवि ओडको दमदार प्रस्तुती (भिडियो सहित)

काठमाडौँ / नेपाल आइडल सिजन—२ का विजेता रवि ओड लोकप्रिय कार्यक्रम इन्द्रेणीमा पुगेका छन् । दिनहुँ सङ्गीत, सेवा, सन्देश र मनोरञ्जनका सहित एकैसाथ इन्द्रेणी कार्यक्रम मार्फत प्रस्तुत हुँदै आएको छ । कहिले देशका कुना कन्दरा हुँदै तराई हिमाल र पहाडका हरेक गाउँ वस्तिहरूमा पुगी स्थान विशेषका कला संस्कृति र समृद्धिको लागि हरेक विधामा समेट्ने गरेको छ यो कार्यक्रमबाट ।

कहिले पुराना स्रष्टा, कहिले नयाँ पिढिका कलाकार त कहिले बाल कलाकार लगायतका वरिष्ठ कलाकारहरूको सहभागितामा कार्यक्रम प्रस्तुत हुँदै आई रहेको छ । यस पटक भने नेपाल आइडल सिजन—२ का विजेता रवि ओड इन्द्रेणीमा आएर आफ्ना थुप्रै गीतहरू रमाइलोसँग प्रस्तुत गरेका छन् । इन्द्रेणी समाजका अध्यक्ष तथा सञ्चालक कृष्ण कँडेलले रवि ओडको बारेमा विशेष कुराकानी गर्दै आफ्नो गीतहरू प्रस्तुत गर्न लगाउनु भएको थियो । यो रमाइलो साङ्गीतिक कार्यक्रम भिडियो हेर्नुहोस् ।

Related Articles

Back to top button
Close