News

नेपालमा फेरि पश्चिमी वायु, यी क्षेत्रमा हिमपात र पानी पर्ने सम्भावना

काठमाडौं / जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ ।

आज नेपालको पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव पर्ने देखिएको छ ।

देशको तराई भेग तथा पश्चिमी पहाडी भूभागमा बाक्लो हुस्सुरकुहिरो रहेको देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १३ गते (सोमबार)
दिउँसो : देशको पश्चिमी भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । तराईका केहि भूभागहरुमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ ।

माघ १४ गते (मंगलबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु-भागका केहि स्थानहरु र मध्य तथ पूर्वी भु-भागका १/२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु-भागका केहि स्थानहरु र मध्य तथा पूर्वी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

माघ १५ गते (बुधबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु-भागका अधिकांश स्थानहरु र मध्य तथा पूर्वी भु-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

पश्चिमी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ ।

साथै तराईका केही भू-भागमा हुस्सुरकुहिरोको कारणले घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ।

Related Articles

Back to top button
Close