News

प्रिय रविजी, तपाईं प्रधानमन्त्री भएको हेर्ने रहर छ ! : दिलनिशानी

काठमाडौं १२ माघ / समसामयिक बिषयमा कलम चलाउन माहिर लेखक दिलनिशानी मगर बेला बेला चर्चा र विवादमा आइरहने व्यक्ति हुन् । सामाजिक सञ्जालको दुनियाँमा उनको लेखहरु नरुचाउनेहरुको जमात ठुलो सङ्ख्यामा छ, भने उनको लेख पढेर प्रसंसा गर्नेहरुको पनि कमि देखिँदैन ।

अन्तर्वार्ताहरुमा कडा अभिव्यक्ति दिँदै आइरहेका दिलनिशानी सामाजिक सञ्जालमा निकै नै सक्रिय छन् । विशेष गरि व्यक्ति विशेष स्टाटस् लेख्न रुचाउने निशानीलाई मन नपराउने जमात धेरै भएपनि, उनी सामाजिक सञ्जालकै कारण चर्चामा छन् ।

उनले भर्खरै मात्र “प्रिय रविजी, तपाईं प्रधानमन्त्री भएको हेर्ने रहर छ !” शिर्षकमा लेखेको आर्टिकल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । केही बर्ष अगाडिदेखि सञ्चारकर्मी रवि लामिछानेको बिषयमा नकारात्मक टीकाटिप्पणी गर्दै आइरहेका निशानीले लामिछानेकै बिषयमा आर्टिकल लेख्नु कुनै नौलो कुरा त होइन, तरपनि उनको आर्टिकलमा राखिएको हेडलाईनले भने सबैको ध्यान आर्टिकल तिर केन्द्रित गराएको छ ।


तस्बिर : सामाजिक सञ्जालबाट

केही समय अगाडि लामिछाने र निशानी बिच जुहारी पनि चलेको थियो, तर निशानीले यसपटक पुराना कुराहरुलाई बिर्सेर समसामयिक बिषयमा आर्टिकल तयार पारेका छन् ।

दिलनिशानी मगरको पूरा आर्टिकल पढ्नको लागि (लोकान्तर डटकम ) मा जानुहोला ।

Related Articles

Back to top button
Close