News

दुबईबाट अपरिचित दाईले रमिताको लागि लेखेको चिठी !!

प्रीय प्यारी
बहिनी रमिता
हार्दिक श्र-द्धाञ्जली

म अपरिची दाजुको तर्फवाट तिम्रो आत्माले शान्ती पावस स्वर्गमा वास पावस भन्न चाहान्छु । हुनत: प्यारी वहिनि रमिता तिमिले यो अपरिचित दाजुको लेखाइ र भनाइलाइ नत देख्न सक्छेउ न पढ्न नै तै पनि मन थाम्न सकिन लेख्न सुरु गरे । तिम्रो मृ-त्युले पुरै देश तातियको छ । जताततै सामाजिक संजालको भित्तामा तिम्रो मात्र पोस्ट गरियको छ त्यसमा मैले धेरै दु:ख व्यक्त गरे शेहेर गरे तर मनले शान्त मानेन आज तिम्रो लागि केही लेख्न वाध्य भय बहिनी रमिता ।

बहिनी रमिता मैले देखेको त छैन अहिले तिम्रो घरमा के चलिरहेको छ ? मलाइ लाग्छ जताततै सन्नाटा छायको होला तिम्रो मम्मी, वुवा वेहिसिमा छोरी छोरी भन्दै चिच्याउनु भयको होला । मलाइ थाहा छ तिमी जस्तै बहिनी मैले पनि गुमायको हु ।

त्यस समय कस्तो थियो मेरो मम्मी , वुवाको हालत म बुझ्न सक्छु । त्यही भयको छ तिम्रो घरमा तर तिमिले छोडेर गयौ पापी दैवले भनौ या पापी गाडी चालकले तिमिलाइ लियर गयो । तर तिम्रो आफन्त , दाजु भाइ,दिदी बहिनी छरछिमेक तिमिलाइ सम्झेर आँसु बगाइ रहेका छन । तिम्रा श्रीमान तिमिलाइ सम्झेर पागल जस्तै भयर तिमि कहाँ आउछु भन्दै छन ।

तिमिलाइ भन्दा पीडा यहाँ रहनेलाइ भयको छ बहिनी रमिता । बहिनी तिम्रो दुलहिनी बन्ने सपना यो जुनिमा त पूरा भयन अब अर्को जुनिमा पक्कै पूरा हुनेछ । त्यतिखेर तिमिलाइ कसैले पनि रिक्ने छैन तिमिलाइ दुलहिनी वन्नलाइ ।

तिमी जहाँ छौ तिम्रो आत्माले स्वर्गमा बास पावस ।
हार्दिक श्रद्धाञ्जली बहिनी रमिता
अपरिची तिम्रो दाजु: नरेश कुँवर

सुर्खेत,
हाल: दुवै

Related Articles

Back to top button
Close