Videoभिडियो

टर्कीमा भूकम्पपछि भत्किएको भवनमा पुरिएकी बालिकाको यसरि गरियो उद्धार (भिडियो)

एजेन्सी। टर्कीको पूर्वी भागमा शुक्रवार राति गएको भूकम्पमा परी क्ष’तिग्र’स्त भवनहरूबाट मानिसलाई निकाल्ने क्रम जारी छ । भूकम्पका कारण ३१ जनाको मृ’त्यु भएको छ भने १२ सयजना घा’इते भएका छन् ।

भूकम्पले भवन भ’त्काएर त्यसका स्ल्याबहरू खसेपनि तीन वर्षीया बालिका बाँचेकी छन् । खोजी र उद्धार टोलीले ती बालिकालाई भग्नावशेषबाट निकालेको भिडियो फूटेज समेत सार्वजनिक भएको छ ।

६.८ म्याग्निच्युडको भूकम्पका कारण सयौं मानिसको घर भत्किएपछि स्थानीय मस्जिद, विद्यालय, खेलकुद हल र विद्यार्थीका डोर्मिटरीहरूले उनीहरूलाई शरण दिएका छन् ।

भूकम्पको केन्द्रविन्दु राजधानी अंकाराभन्दा ३४० माइल पूर्वमा रहेको एलाजिगमा थियो । राष्ट्रपति रेचेप तैयिप अर्दोआन उद्धारकार्यको निरीक्षण गर्न इस्तानबुल पुगेका थिए ।

भूकम्पले सर्वाधिक क्षति पुर्‍याएका क्षेत्रहरूमा भ्रमण गर्दै अर्दोआन भूकम्पमा मारिएका एक आमा र छोराको अन्तिम संस्कारमा समेत सहभागी भए ।

Related Articles

Back to top button
Close