News

घर धितो राखेर निकालेको ५० लाख छिनभरमै यसरी लु’टियो, छिटै धनी हुने लोभमा ठ’गिए पूर्व सैनिक

काठमाडौं, १२ माघ । चम्कने ढुंगा किन्न भन्दै आफ्नो घर समेत धितो राखेर निकालेको ५० लाख लु टिए पछि पूर्व सैनिक बच्चुराम गुरुङ रनभुल्लमा परे । छोटो वाटोवाट छिटै धनी बन्ने दाउमा लागेका पूर्व सैनिकको आफ्नै छानो पनि खोसियो । शुक्रवार बिहान ९ बजेतिर ‘चम्किने ढुङ्गा’ किन्न भन्दै उनी काभ्रेस्थली गएका थिए । साथमा ५० लाख रुपैयाँ बोकेर गएका उनलाई साथीहरुले नै उल्लु बनाए । उनलाई चिनेजानेको साथीले नै ‘चम्किने ढुङ्गा’ किनेर करोडौं रुपैयाँमा बेच्न सकिने बताएपछि उनी लोभिएका थिए । तीन जना जम्मा भएर ट्याक्सी रिजर्भ गरेर उनीहरु बनस्थलीतिर लागे। पैसा भने साथीले नै बोकेको थिए।

ट्याक्सी जंगलमुनि राखेर पैदल केही माथि पुगे उनीहरु। ढुङ्गा बेच्ने समूह जंगलमा नै आएको थियो। तर, जंगलभित्र पुगेपछि एकाएक महोल अर्को भयो। साथमा आएको साथी र ढुङ्गा बेच्ने समूहले गुरुङको पैसा लिएर फ रार भए। ढुङगा पनि हात लागेन र रकम पनि फुत्कियो।

उनको पचास लाख लु टेर फ रार भएका ६ जना लु टेु रालाई प्रहरीले प क्राउ गरी सार्वजनिक गरेको छ। प क्राउ पर्नेमा दाङ पुरन्धारा वडा ९ का ३८ वर्षीय वेदबहादुर भनिने भीमबहादुर घर्तीमगर, नुवाकोट दुप्चेश्वर गाउपालिका ६ कटजुनका ३० वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङ्मो गाउपालिलका ५ गोलजुङका ३८ वर्षे दावाछिरिङ तामाङ, रामेछाप मन्थली नगरपालिका वडा ९ का ३६ वर्षे कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगया गाउँपालिका वडा ३ खड्कुका ३६ वर्षे तेन्जिङबहादुर तामाङ र रसुवा उत्तरगया गाउँपालिका वडा २ खड्कुका २८ वर्षे संजित वाइबा रहेका छन्।

शुक्रवार बिहान लु टेको पैसाबाट लु टे राहरुले २४ घन्टाभित्रै पल्सर बाइक, ७७ हजार रुपैयाँको औंठी किनेको पाइएको प्रहरीले जनाएको छ। उनीहरुले आफूले ऋण लिएको फाइनान्सको किस्तासमेत तिर्न भ्याएको खुलेको महनगरीय अ प राध महाशाखा टेकुका एसपी मुकेश कुमार सिंहले बताए। लु टे राले बच्चुरामलाई खु कुरी, फलामको ल ठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्केर लु टेको खुलेको छ।

नेपाली सेनाका पूर्व सुवेदार गुरुङ शुक्रवार काभ्रेस्थलीको जंगलमा लु टिए का थिए। लु टे राको साथबाट प्रहरीले १८ लाख ७५ हजार पाँच सय रुपैयाँ, एक थान नयाँ मोटरसाइकल, ३ थान लु ट्न प्रयोग गरिएको मोटर साइकल, सुनको औंठी र मोबाइलहरु बरामद गरेको छ। गुरुङले आफ्नो घर धितोमा उक्त रकम निकालेको बताएका छन्।

Related Articles

Back to top button
Close