News

घरमा श्रीमती हुँदाहुँदै बालबिवाह गर्ने बेहुला मण्डपवाटै प’क्राउ, छोरी दिने बुवा पनि समातिए

वीरगंज, १२ माघ । घरमा श्रीमती हुँदाहुँदै बालविवाह गर्ने बेहुलालाई प्रहरीले मण्डपवाटै प’क्राउ गरेको छ । बारा प्रहरीले बालविवाह गर्ने बेहुला र त्यस्तो केटालाई छोरी दिने केटीको बुवालाई प’क्राउ गरेको छ।

प’क्राउ पर्नेमा बाराको महागढिमाई नगरपालिका वडा नम्बर ८ धर्मनगरका ३४ वर्षीय गणेश साह कलवार र कलैया उपमहानगर घर भएका केटीका बुवा रहेका छन्। प्रहरीले केटीका बुवाको नाम भने खुलाएको छैन।

घरमा श्रीमती हुँदाहुँदै बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा आफूभन्दा आधा उमेरकी केटीसँग बिहे गर्न लागेका बेहुला गणेशलाई मण्डपबाटै प्रहरीले प’क्राउ गरेको बाराका एसपी विकासराज खनालले बताए। साथै प्रहरीले बालविवाह गराएको अभियोगमा केटीका बुवालाई पनि नि’यन्त्र’णमा लिएको उनले बताए।

बेहुला कलवार र केटीका बुवामाथि बालविवाह र बहुविवाह उद्योगमा मु’द्धा दर्ता गरी अदालत बाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प’क्राउ परेका बेहुला कलवार र केटीका बुवा वि’रुद्ध कलवारकी श्रीमतीले प्रहरीमा उ’जुरी दिएकी थिइन्।

Related Articles

Back to top button
Close