Videoभिडियो

कालिकोटमा अस्पताल निर्माण सुरु, चाइनिज हिरोको २ करोड सहयोग ! (भिडियो सहित)

काठमाडौं, ११ माघ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४८७ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडलाई कालिकोटको रास्कोटबाट प्रत्यक्ष प्रसारण गरिएको छ ।विशेष गरी आजको एपिसोडमा रास्कोटमा बन्दै गरेको रास्कोट सामुदायिक अस्पतालको विषयमा विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
१. सुरु भयो ‘रास्कोट सामुदायिक अस्पताल’को सुविधा सम्पन्न भवनको निर्माण

कालिकोट । कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटमा न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सीधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेको पहलमा निर्माण हुन लागेको ‘रास्कोट सामुदायिक अस्पताल’को सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ ।

उक्त अस्पतालको शिलान्यास फरक ढंगबाट गरिएको छ । शारीरिक तथा मानिसकरुपमा समेत अपाङ्गता भएकी ८ वर्षीया आशा न्यौपानेले शनिबार ‘रास्कोट सामुदायिक अस्पताल’को शिलान्यास गरेकी हुन् ।

दाँतमा भएको सामान्य संक्रमणको समयमै उपचार नपाउँदा अहिले अपाङ्गता बनेकी आशाले अस्पतालको भवन शिलान्यास गरेसँगै कालिकोटका धेरै स्थानीयमा नयाँ आशा पलाएको छ ।

आशाको परिवारको पनि आशा यही छ कि, ‘अब कालिकोटामा जन्मिने जो–कोहीले पनि उपचार अभावकै कारण आशालाई जस्तै दुःख भोग्नु नपरोस् ।’

शनिबार सयौं स्थानीयकाबीच सञ्चारकर्मीद्वय रवि लामिछाने, कर्णाली स्वास्थ्य विज्ञानका रजिष्टार विश्वराज काफ्ले, सामाजिक अभियान्ता रमेश प्रसाईलगाएतको टोलीले समयमै अस्पतालको सुविधा सम्पन्न भवनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो पनि समाचार
मुगु । जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने कार्मारोङ गाउँपालिकाको २ वडास्थित हिमाली खोचमा रहेको गाउँ चिसोको कारण मानवरहित बनेको छ ।
वारिपारी ठूलाठूला हिमाल, बीच खोल्सामा बस्ती, जहाँ दिनको तीन घण्टा मात्र बस्तीमा घाम लाग्ने हु“दा चिसोको कारण देखाउ“दै पन्ध्र वर्षदेखि स्थानीयले गाउँ छाड्दै गएपछि उच्च हिमाली बस्तीको मानवरहित बनेको हो ।

कार्मारोङ गाउँपालिकाको २ वडाभित्र ७५ घरधुरी रहेको वाङ्ग्री गाउँमा वर्षमा तीन महिना चैत, वैशाख र जेठमा घाम लाग्छ । हिउ“दमा भने दुई घण्टा मात्र घाम लाग्छ । हिउँ जमिरहने भएपछि गाउ“मा चिसो अत्यधिक हुने भएकाले बस्न कठिनाइ हुने भएपछि सिंगो गाउँ बसाइँ सरेका हुन् ।
चौपायालाई वैशाख, जेठ, असारबाहेक अन्य महिना पाल्न कठिनाइ हुने, चिसोले असर पार्दै जाने भएकाले गाउँमा भिरालो जमिन र खाद्यन्न उत्पादनमा आलु, फापरबाहेक केही नहुने भएकाले खाद्यन्न जोहो गर्न कठिनाइ झेल्दै आएको स्थानीय उर्गेन लामा सुनाउछन् ।

गाउँले जाडो छल्नकै लागि २०६० सालबाटै एक–दुई घरधुरी गरेर गाउँ छाड्दै जाँदा गाउँ नै शून्य भएको लामाले बताए । वाङ्ग्री गाउँ जिल्ला सदरमुकामदेखि दुई दिन पैदल यात्रामा पुगिन्छ । गाउँमा रहेको खेतीयोग्य जमिन बा“झो बन्दै गएको छ भने घर भत्कि“दै गएका छन् । बसाइँ सरेर गए पनि स्थानीय मतदान गर्न, जडीबुटी कोर्न, गाउँपालिको वडामा हुने विकास निर्माण काम सम्पन्न्न गर्न एक महिनाका लागि आउनेगर्छन् ।

Related Articles

Back to top button
Close